बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

वाइवाइ जिङ्ग चाउचाउ खादा धरानका किरणले पाए स्कुटर

बिहीबार, ०७ असोज २०७८, १९ : ५५
बिहीबार, ०७ असोज २०७८

इटहरी । चौधरी ग्रुपको उत्पादन वाइवाइले सार्वजनिक गरेको योजनामा सहभागि सुनसरी धरानकी किरण कुमार कार्कीले स्कुटर जितेका छन् ।

‘वाइवाइ जिङ्ग हरर, स्कुटरमा सरर’ नारा सहित गरिएको योजनामा जिङ्ग उपभोक्ताहरुले स्कुटर लगायतका पुरस्कारहरु जितिरहेका छन् । जस अन्तर्गत बम्पर पुरस्कार स्वरुप राखिएको स्कुटर उपहारमा पछिल्लो समय धरानका उपभोक्ता किरण कुमार कार्कीले स्कुटर जितेका हुन्।

विजेतालाई बुधबार धरानस्थित भानु चोकमा एक कार्यक्रममा ‘मिस लुमियर इन्टरनेसनल वर्ल्ड २०१९’ मा ‘ग्ल्यामर अवार्ड’ बिजेता सिम्रन श्रेष्ठको उपस्थितिमा सीजी ग्रुप नुडल्स डिभिजनका प्रदेश १ प्रमुख पुन्य प्रसाद लुइँटेल, प्रदेश १ बजार प्रमुख रविन्द्र मास्के र धरानका एरिया सेल्स म्यानेजर नवराजले स्कुटरको चावी हस्तान्तरण गरेका थिए ।

विजेता कार्कीले २० रुपैयाँको चाउचाउ खादा यति ठूलो पुरस्कार पर्ने सपनामा पनि नसोचेको बताउँदै खुशी व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप