गण्डकीमा १६३ जनामा कोरोना संक्रमण पुष्टि, थप ३ जनाको मृत्यु

गण्डकी प्रदेशमा थप १६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ९३१ जनाको नमुना परिक्षण गरिएकामा १६३ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये ८७ महिला र ७६ जना पुरुष रहेका छन् ।
प्रदेशका ५ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए ।
उनका अनुसार कास्की ८८, स्याङ्जा २४,म्याग्दी ३,पर्वत १, गोरखा ९, लमजुङ २६, तनहुँ ७ र नवलपरासी पूर्वमा जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८४ हजार ९२४ पुगेको छ । बिहीबार प्रदेशका ११ जिल्ला मध्ये ८ वटा जिल्लामा कोरोना संक्रमण देखिएको छ भने ३ वटा जिल्लामा संक्रमितको संख्या शून्य रहेको छ ।
गण्डकीमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेमा पोखरा–८ का ५० वर्षीय पुरुष, तनहुँको ब्यास नगरपालिका–१० का ४९ वर्षीय पुरुष र तनहुँकै शुक्लागण्डकी नगरपालिका –११ का ५० वर्षीय पुरुष रहेका छन् । योसँगै गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३५३ पुगेको छ ।
प्रदेशमा पछिल्लो २४ घण्टामा जना १६५ कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८२ हजार ३२१ पुगेको छ । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या १ हजार २५० पुगेको निर्देशनालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीमा गोली चल्यो
-
मदन भण्डारीको सपना पूरा गर्ने अठोट फेरि एकपटक दोहोर्याउनु पर्ने बेला भयो : विद्या भण्डारी
-
मुस्ताङ घुम्ने विदेशी पर्यटकको सङ्ख्या बढ्दै, गत वर्ष कतिले गरे भ्रमण ?
-
विकासको प्रमुख आधारशिला पर्यटन क्षेत्र हो : राष्ट्रपति पौडेल
-
‘म ‘फलानो चोर, देश छोड’को पक्षमा छैन’
-
मुस्ताङका स्थानीय तहलाई अपाङ्गता सहायता सामग्री हस्तान्तरण