नेपाल आफ्नै घरजस्तो लाग्यो : अफ्रिदी
पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीले नेपाल र नेपालीले दिने सत्कार, सम्मान निकै राम्रो भएको भन्दै यहाँ आउँदा पाकिस्तान जस्तै घर लागेको प्रतिक्रिया दिएका छन् । आज दिउसो त्रिभुवन विमानस्थल ओर्लिएका अफ्रिदीले नेपाल राम्रो देश भएको भन्दै नेपाल भ्रमण गर्न पाउँदा खुसी लागेको बताएका हुन् । साथै उनले आफ्नो लक्ष्य नेपाली जनता र क्रिकेटलाई साथ र सहयोग गर्न नेपाल आएको जिकिर गरे ।
अफ्रिदी चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपिएल) क्रिकेट प्रतियोगिता खेल्न आज काठमाडौँ आइपुगेका हुन् । अफ्रिदीलाई ईपिएलका निर्देशक अमिर अख्तरले स्वागत गरे । साथै उनी सम्मिलित टोली काठमाडौँ किंग्स इलाभेनका पदाधिकारीले पनि स्वागत गरेका थिए ।
अफ्रिदीले नेपाल बसाइँको क्रममा काठमाडौँ किंग्स इलाभेनबाट ललितपुर प्याट्रियट्र्सविरुद्ध र विराटनगर वारियर्सविरुद्ध खेल खेल्ने छन् । ४१ वर्षीय अफ्रिदीले पाकिस्तानबाट २७ टेस्ट, ३ सय ९८ एक दिवसीय, ९९ ट्वान्टी–२० अन्तर्राष्ट्रिय र १० ओटा इन्डिय प्रिमियर लिग (आईपिएल) र ३ सय ३२ ट्वान्टी–२० खेल खेलेका छन् । शनिबारबाट कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा ईपीएल शुरु हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज ३ वटा संसदीय समितिको बैठक बस्दै
-
गायिका भट्टराईको ‘दियो कलश’मा सुरेश र अस्मिताको अभिनय
-
लन्डनमा टी १० क्रिकेट प्रतियोगिताको तयारीमा माया इभेन्ट्स
-
नेपाल राष्ट्रिय इन्जिनियर सङ्गठनको कर्णाली प्रदेश अध्यक्षमा रत्न प्रसाद जैसी
-
छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै
-
यो वर्ष हज यात्रीका लागि साउदी अरेबियाको कडा नियम