सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

रोजगारी खोज्दै विदेश जाने बढे, रेमिट्यान्स भने घट्यो

बिहीबार, ०७ असोज २०७८, १७ : २०
बिहीबार, ०७ असोज २०७८

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा रोजगारी खोज्दै विदेश जाने नेपालीको संख्या बढेको छ । तर, विदेशमा रहेका नेपालीले पठाउने विप्रेषण (रेमिट्यान्स) भने घटेको छ ।  वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य वृद्धि भई १३ हजार ८०० पुगेको हो ।

विप्रेषण आप्रवाह भने १८.१ प्रतिशतले घटेर ७५ अर्ब ९६ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको साउन महिनामा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो ।  वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या साउन महिनामा २८६.१ प्रतिशतले वृद्धि भई ११ हजार ६२८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कोरोना महामारी नियन्त्रण गर्न लगाइएको यात्रा प्रतिबन्धका कारण यस्तो संख्या ८० प्रतिशतले घटेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले कमी आई ६३ करोड ८२ लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप