आर्थिक वर्षको पहिलो महिनामै शोधानान्तर घाटा ३८ अर्ब ७५ करोड
बिहीबार, ०७ असोज २०७८, १७ : १७
चालु आर्थिक वर्षको पहिलो महिना साउनभित्र नेपाल ३८ अर्ब ७५ रुपैयाँ शोधानान्तर घाटामा परेको छ । देशमा भित्रिएको भन्दा ३८ अर्ब रुपैयाँ बढी रकम बाहिरिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । गत वर्षको साउनमा नेपालको शोधानान्तर स्थिति ५१ अर्ब ४६ करोड रुपैयाँले बचतमा थियो ।
विदेशमा रहेका नेपालीले पठाउने विप्रेषण (रेमिट्यान्स) घटेपछि शोधानान्तर स्थितिमा गिरावट भएको हो । साउनमा आयात बढ्दा नेपालबाट रकम बाहिरिनु पनि यसको प्रमुख कारण हो । यो वर्षको साउन महिनामा विप्रेषण आप्रवाह गत वर्षको साउनमा भन्दा १८.१ प्रतिशतले घटेको छ । जम्माजम्मी ७५ अर्ब ९६ करोड रुपैयाँ विप्रेषण नेपाल भित्रिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कपालमा चाया परे कसरी स्याहार गर्ने ?
-
रुसले गरेको पछिल्लो हमलामा आफ्ना १३ नागरिक मारिएको युक्रेनको दाबी
-
श्रीलङ्का भ्रमणका लागि अस्ट्रेलियन टोलीको घोषणा, कमिन्सको अनुपस्थितिमा स्मिथ कप्तान
-
‘सत्ताधारीले अहिले कसैलाई टार्गेट गरेमा अर्को पनि सरकार आउँछ’
-
न्युजिल्यान्डका प्रभावशाली ब्याट्सम्यान मार्टिन गप्टिलको सन्न्यास
-
‘प्रत्येक मुद्दामा सम्पत्ति शुद्धीकरण लगाइदिने सम्भावना बढ्ने देखिन्छ’