१ हजार २३९ जना संक्रमित थपिए, १३ जनाको मृत्यु
बिहीबार देशभर १ हजार २३९ जना कोरोनाभाइरस संक्रमितहरु थपिएका छन् । १५ हजार २४३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९४१ र एन्टिजेन विधिबाट २९८ जनामा संक्रमण थपिएका हुन् । हाल देशभर २० हजार ७४३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १९ हजार ४३७ जना होम आइसोलेसन, १ हजार ३०६ जना संस्थागत आइसोलेसनमा, ३४० जना आईसीयूमा र १११ जना भेन्टिलेटरमा रहेका छन् ।
यही अवधिमा १ हजार ३२४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म कूल संक्रमितमध्ये ७ लाख ५६ हजार ९५४ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९६ प्रतिशत पुगेको छ । कोभिड–१९ को संक्रमणबाट थप १३ जनाले ज्यान गुमाएका छन् । हालसम्म ११ हजार ७२ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा मृत्यु दर १.४ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा थप १ लाख ३८ हजार ३८५ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् । हालसम्म ५८ लाख ६० हजार ९२९ जनाले पूर्ण मात्रा र ६२ लाख ९३ हजार ८९ जनाले पहिलो मात्रा खोप लगाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी वकिल कार्यालय फौजदारी न्याय प्रणालीको मेरुदण्ड हो : प्रधानन्यायाधीश राउत
-
दुई पालिकाका १२ नम्बर वडाका दुई जना वडाध्यक्ष एकैदिन पक्राउ !
-
फूलचोकीको जंगलमा हराएका १३ जना सम्पर्कमा
-
१० बजे १० समाचार : डीपी बने रास्वपाको कार्यवाहक सभापति, रविको सांसद पद निलम्बित
-
विराटनगर- १२ का वडाअध्यक्ष कामत पक्राउ
-
प्रगति विवरण पेस गर्न खानेपानी मन्त्री यादवद्वारा निर्देशन