शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

जनार्दन नेपाल प्रधानमन्त्रीको प्रमुख प्रशासनिक सल्लाहकार नियुक्त

बिहीबार, ०७ असोज २०७८, १५ : २५
बिहीबार, ०७ असोज २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले जनार्दन नेपाललाई प्रमुख प्रशासनिक सल्लाहकारमा नियुक्त गरेका छन् । नेपाललाई सल्लाहकारमा नियुक्त गरेको प्रधानमन्त्री प्रमुख स्वकीय सचिव भानु देउवाले रातोपाटीलाई बताए ।

खिलराज रेग्मी नेतृत्व सरकार पालामा नेपाल गृह सचिव थिए । उनीले लामो समय शिक्षा विभागको महानिर्देशक भएर काम गरेका थिए । उनी काँग्रेस पुराना नेता टङ्कनाथ शास्त्रीमा छोरा हुन् । नेपालका बुवा टङ्कनाथ नेपाली काँग्रेस काभ्रेको उपसभापति समेत भएका थिए । नेपाल काँग्रेसमा क्रियाशील भएर राजनीति नगरे पनि बुद्धिजीवीका रूपमा काँग्रेसलाई सहयोग गर्दै आएका थिए ।

नेपालले प्रधानमन्त्री देउवा र काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग राम्रो सम्बन्ध रहेको छ । प्रधानमन्त्री देउवाले यसअघि आफ्नो प्रमुख स्वकीय सचिव भानु देउवालाई नियुक्त गरेका थिए । प्रधानमन्त्री देउवाले अझै राजनीतिक, परराष्ट्र, प्रेस लगायतमा सल्लाह नियुक्त गरेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप