शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ विदेशमन्त्रीद्वारा अफगानिस्तानमाथि लगाइएको प्रतिबन्ध हटाउन आग्रह

बिहीबार, ०७ असोज २०७८, १५ : १३
बिहीबार, ०७ असोज २०७८

चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीले बिहीबार अफगानिस्तानमाथि लगाइएको आर्थिक प्रतिबन्ध हटाउन आग्रह गरेका गरेका छन् ।  मन्त्री वाङले (जी २०) समूहका विदेश मन्त्रीहरूको भिडियो सम्मेलनलाई सम्बोधन गर्दै अफगानिस्तानको विदेशी विनिमय भण्डार उसको राष्ट्रिय सम्पत्ति भएको र त्यो  अफगानिस्तानी जनताको स्वामित्वमा हुनुपर्ने धारणा व्यक्त गरे ।

उनले भने, ‘यो विषय राजनीतिक सौदाबाजीको विषय हुन सक्दैन।’ मन्त्री वाङले अफगानिस्तानमा जारी सङ्कटको समाधानका लागि यथाशीघ्र राहत र अन्य मानवीय सहयोग उपलब्ध गराउनुपर्ने बताएका छन् । चीनले अफगानिस्तानलाई ३०. ८९ मिलियन अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराउन लागेको उनले जानकारी दिएका छन् ।

मन्त्री वाङले जी २० का सदस्य राष्ट्रहरूलाई  अफगानिस्तानमा जारी सङ्कटलाई छिटै पार लगाउन थप सहयोग उपलब्ध गराउन आग्रह गरे । वित्तीय संस्थाहरूले आर्थिक सहयोग उपलब्ध गराई गरिबी निवारण र जीवनस्तर सुधारका निम्ति सहयोग गर्न मन्त्री वाङको आग्रह छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप