बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

वाइसीएललाई प्रचण्डको निर्देशन :  इँटको जवाफ पत्थरले दिने

बिहीबार, ०७ असोज २०७८, १५ : ०५
बिहीबार, ०७ असोज २०७८

 

काभ्रे । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जाली झेली फटाहाविरुद्ध आक्रामक बन्न र जनताको पक्षमा काम गर्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । ​वाइसीएल काभ्रेको पाँचखाल नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले वाइसीएललाई जाग्न र २०६४ सालको अवस्थामा सक्रिय हुन निर्देशन दिएका हुन् । उनले माओवादीलाई तर्साउन खोजिरहेको भन्दै  कायर र दलालहरूलाई वाइसीएल जागेर ठिक पार्नुपर्ने अवस्था आएको बताए । उनले भने, ‘जाइलाग्ने होइन, आइलागे पनि इँटको जवाफ पत्थरले दिने ।’

‘अबको चुनाव २०६४ को जस्तो बनाउनै पर्छ । जालझेल गर्ने र बाकस साट्नेहरूलाई भ्याकुर लखेटेझैँ लखेट्नुपर्छ । सोझो हुँदै जाँदा हेपियो । गुण्डा र भ्रष्टहरुलाई ठोक्ने । करोडौँ भ्रष्टाचार गरेर दिउँसै रात पार्नेहरूलाई ठिक पार्नुपर्छ र जनताको सेवा गर्नुपर्छ’, प्रचण्डको भनाइ छ ।  

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप