बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

डीआईजीको नाममा पैसा उठाउने महिला पक्राउ

बिहीबार, ०७ असोज २०७८, १४ : ४३
बिहीबार, ०७ असोज २०७८

प्रदेश २ का नेपाल प्रहरी प्रमुख डीआईजी उमेश रञ्जीतकारको नाममा पैसा उठाउने एक जना महिलालाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सुशीला थापा रहेकी छिन् । थापालाई सर्लाही प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी रौतहटका प्रमुख एसपी विनोद घिमिरेले बताएका छन् । हाल थापा नियन्त्रणमा रहेको तथा घटना बारे आवश्यक अनुसंधान भैरहेको एसपी घिमिरेले जानकारी दिएका छन् ।

शिक्षिका सुशीला थापाले डीआईजी उमेश रञ्जीतकारको नाम बदनाम गराउने काम गर्दै हिँडेकाले उनीमाथि अभद्र व्यवहार मुद्दा चलाउने तयारी भइरहेको एसपी घिमिरेले बताएका छन् । यसैबीच डीआईजी घिमिरे गरुडा पुगेर पक्राउ परेकी महिला र एसपी घिमिरेसँग घटनाको वास्तविकताबारे बुझेका छन् । 

गरुडास्थित प्रहरी विद्यालयमा खाली रहेको शिक्षक पदमा स्थायी नियुक्ति दिलाइदिने भन्दै डीआईजी रञ्जीतकारको नाम लिँदै थापाले पर्सामा एक जना उदेश पाण्डेसँग ६ लाख रुपैयाँको बार्गेनिङ गरेको अडियो केही दिन अघि सार्वजनिक भएको थियो ।

पाण्डेले जागिर नपाएको रिसमा महिला शिक्षिका सुशीला थापालाई सिकाएर मलाई बदनाम गराउने षड्यन्त्र गरेको डीआईजी उमेश रञ्जीतकारले बताएका छन् । प्रहरी विद्यालयको अध्यक्ष जिल्लाकै एसपी हुने र आरोपी महिलासँग आफ्नो चिनजानसमेत नरहेको डीआईजी रन्जित्कारले गुनासो गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप