बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक शुरु

बिहीबार, ०७ असोज २०७८, १४ : ३४
बिहीबार, ०७ असोज २०७८

नेपाली सेना कमाण्ड संरचनामा गएपछि पहिलोपटक ‘कमाण्ड समन्वयात्मक बैठक–२०७८’ शुरु गरिएको छ । बिहिबार प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवाले कमाण्ड समन्वयात्मक बैठकको शुभारम्भ गरेका हुन् ।

साउन १ मा तीन जोड एक कमाण्डमा जानुअघि सेनाले यस्तो बैठकलाई ‘पृतनापति समन्वयात्मक बैठक’ भन्ने गरेको थियो । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बैठकले चुनौतीहरूको सामना गर्न र समयअनुसार प्रतिकारात्मक उपायहरूको विकास गर्न महत्वपूर्ण भुमिका खेल्ने बताए । सेनाले गरिरहेको विकास निर्माण र दीर्घकालिन महत्वका काममा रकमको सुनिश्चितता गर्न सरकार तयार रहेको प्रधानमन्त्रीको भनाई छ ।

बैठकको शुभारम्भ कार्यक्रममा प्रधानसेनापति, रक्षा सचिव, जङ्गी अड्डाका पिएओज, रथीहरू र चार कमाण्डका  कमाण्ड सेनापतिहरू सहभागी थिए । कमाण्ड समन्वयात्मक बैठकमा नेपाली सेनाका महानिर्देशनालय, निर्देशनालय, कार्यालय र विभागका प्रमुखहरु तथा कमाण्ड सेनापतिहरूले आ–आफ्नो क्षेत्रको वस्तुस्थिति र सुझाव सहितको प्रस्तुतीकरण गर्नेछन् ।

प्रस्तुतिकरण र अन्तरक्रियाले सेनाको नीति तथा योजना निर्माणमा सहयोग पुग्ने सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप