आर्थिक वर्ष २०७८/७९ को बजेट राष्ट्रियसभाबाट बहुमतले पारित

राष्ट्रियसभाले आर्थिक वर्ष २०७८/७९ को बजेट बहुमतले पारित गरेको छ । बिहिबार बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक २०७८ लाई पारित गरियोस भन्ने प्रस्ताव पेश गरेका थिए ।
अर्थमन्त्रीले पेश गरेको प्रस्तावलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरेपछि बहुमत सदस्यले पारित गरेका हुन् । प्रमुख प्रतिपक्षी दल एमालेले भने उठेर विरोध जनाएको थियो । अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमाथि गत साउन २५ गते अर्थमन्त्री शर्माले प्रतिनिधि सभामा प्रतिस्थापन विधेयक प्रस्तुत गरेका थिए ।
प्रतिनिधिसभाबाट पारित भएको सो विधेयक सन्देशसहित राष्ट्रियसभामा पठाइएको थियो । राष्ट्रियसभाले समेत स्वीकृत गरेको सो विधेयक अब राष्ट्रपतिले प्रमाणित गरेपछि कार्यान्वयनमा आउनेछ । राष्ट्रियसभाको अर्को बैठक असोज ८ गते बिहान ११ बजे बस्नेगरी सकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती
-
एकीकृत समाजवादीको झापा अध्यक्षमा भट्टराई
-
बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा
-
गर्मी बढेसँगै सर्पको बिगबिगी
-
१० बजे १० समाचार : ३७ संशोधन अस्वीकृत गर्दै सरकारको नीति तथा कार्यक्रम पारित, प्रचण्डले खोजे हर्क साम्पाङको साथ
-
नोरा फतेहीको नेपाल कार्यक्रम : दुर्गेशसँग स्टेज सेयरदेखि सम्पदा भ्रमणसम्म