माओवादीको राम्रा कुराको प्रचार गरेको हुँ, सदस्यता लिएको छैन : लीलामणि पौडेल
नेपालका पूर्व मुख्यसचिव तथा चीनका लागि पूर्व राजदूत लीलामणि पौडेलले माओवादीको राम्रा कुराको प्रचार गरेको तर सदस्यता नलिएको बताएका छन् । पौडेलले जिल्लामा हुने गरेका माओवादीका कार्यक्रममा उपस्थित भएको स्वीकार गर्दै नेकपा माओवादी केन्द्र प्रवेश भने नगरेको बताएका हुन् ।
पछिल्लो समय माओवादीका कार्यक्रममा उनको उपस्थिति बाक्लिँदै गएपछि उनी माओवादीमा लागेको कुराले चर्चा पाउन थालेको छ । गृह जिल्ला गुल्मी गएका पौडेल जिल्लामा आयोजित माओवादीको कार्यक्रम तथा विभिन्न प्रशिक्षणमा सहभागी हुन थालेका छन् ।
उनले रातोपाटीसँगको कुराकानीमा विषयगत क्षेत्रमा पार्टीहरूले बोलाउँदा अस्वीकार नगर्ने गरेको भन्दै जिल्लामा माओवादीको कार्यक्रममा उपस्थित भएको स्वीकार गरेका छन् ।
उनले प्रशासक हुँदा सेवाग्राही मैत्री नीति बनाउन, विकृति र बेथिति घटाउन, हेलो सरकारलाई प्रभावकारी बनाउन, किसान तथा उत्पादकका समस्या समाधानमा पहल गर्न तथा बागमती सफाइ महाअभियान सुरुवात गरी सफाइ जागरण सञ्चालन गर्न उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान सांसद : 'नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा'
-
असदलाई छिट्टै भेट्नेछु : पुटिन
-
‘अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा गर्ने काम रोक्नुपर्छ’
-
एक करोड ४० लाखमा बन्यो देउराली प्रहरी चौकी