कहिले खुल्छ फिल्म हल ?

सरकारले केही अगाडि नै खोल्ने अनुमति दिए पनि फिल्म हल अझै खुल्न सकेन । लामो समयदेखि बन्द रहेको फिल्म हल खोल्दा दर्शक आउने हुन् वा होइनन् । रिलिजको सुरुवात कस्तो फिल्मबाट गर्ने ? लगायतका बिषयमा चलचित्र संघले ठोस निर्णय गर्न नसक्दा फिल्म रिलिज अझै अन्योल बनेको छ ।
सरकारबाट हल खोल्ने अनुमति लिँदा छिट्टै फिल्म रिलिज गर्ने धारणा चलचित्र संघले राखेको थियो । तर एक महिना बितिसक्दा पनि फिल्म हल खुल्न भने सकेको छैन । चलचित्र संघका महासचिव अशोक शर्माले फिल्म प्रदर्शनको सुरुवात कस्तो फिल्मबाट गर्ने भन्ने बिषय अझै अन्योल रहेकोले फिल्म हल खुल्न नसकेको बताए ।
‘फिल्म रिलिज सुरुवातको बिषयमा आज साँझ चलचित्र संघमा फाइनल मिटिङ छ । त्यसपछि मात्र फिल्म हल कहिले खुल्छ भन्न सकिन्छ’ शर्माले भने ‘आजको मिटिङले कस्तो फिल्म, कसरी रिलिज गर्ने भन्ने बिषयमा टुङ्गो लगाउनेछ ।’ दसैंका लागि सबै हल खुल्ने र नयाँ फिल्म पनि रिलिज हुने शर्माको भनाई रहेको छ ।
गत महिना नै काठमाडौंसहित देशका विभिन्न जिल्लाका प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर फिल्म हल खोल्ने अनुमति दिएपनि खुल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कश्मीर : भारत–पाकिस्तानबिच आजसम्मका तनाव शृङ्खला
-
पाकिस्तानको गोलाबारीमा जम्मू कश्मीरका एक अधिकारीको मृत्यु
-
पाकिस्तानद्वारा भारतविरुद्ध प्रत्याक्रमणको घोषणा
-
ठेकदार सांसद कान्छारामको लापर्बाही : दोस्रो म्याद पनि सकियो तर सकिएन १५ सडकको काम
-
तस्बिरमा हेर्नुहोस् पर्यटकका लागि आकर्षक गन्तव्य अन्नपूर्ण चक्रीय पदमार्ग
-
भारत र पाकिस्तानलाई प्रत्यक्ष वार्ता गर्न जी-सेभेन देशको आग्रह