बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुडानमा ‘कू’ प्रयास : राष्ट्रसंघ सुरक्षा परिषदमा निन्दा

बिहीबार, ०७ असोज २०७८, १३ : ०६
बिहीबार, ०७ असोज २०७८

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले सुडानमा कू को प्रयासको कडा शब्दमा निन्दा गरेको छ । प्रेस वक्तव्य जारी गर्दै सुरक्षा परिषद्का सदस्यहरूले प्रधानमन्त्री अब्दुल्ला हमदोकको पक्षमा समर्थन व्यक्त गर्दै सुडानमा जारी संक्रमणको अन्त्य गर्दै एक समावेशी, शान्तिपूर्ण, सन्तुलित रूपले जनताको आशा र आकांक्षा प्राप्त गर्ने प्रयासमा आफूहरू सहयोगी हुने विश्वास व्यक्त गरेका छन् । 

परिषद्का सदस्य राष्ट्रहरू सम्बन्धित पक्षलाई राष्ट्रिय सङ्कट र सङ्क्रमणको विषय लाई गम्भीर रूपले बुझ्न र सोहीअनुरूप अगाडि बढ्न आग्रह गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘सुडानमा जनता र सैनिक पक्षले सहमति र सहकार्यका साथ संविधान र  जुबा शान्ति सम्झौताको मर्म अनुरूप अगाडि बढ्न र देशको संक्रमणलाई पार लगाउन आग्रह गर्दछौं।’ 

त्यसैगरी परिषद्का सदस्य राष्ट्रहरूले सुडानी जनता र देशका पक्षमा ऐक्यबद्धता व्यक्त गर्दै सङ्क्रमणको यस चरणमा सुडानको सम्प्रभूता,  स्वतन्त्रता,  भौगोलिक अखण्डता, राष्ट्रिय एकताको पक्षमा प्रतिबद्धता व्यक्त गरेका छन्  । 
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले उक्त घटनाको मङ्गलबार निन्दा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप