मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो बन्दैछ माधव नेपालको टिम : चार उपाध्यक्षसहित तीन उपमहासचिवको टुङ्गो

बिहीबार, ०७ असोज २०७८, १३ : ०६
बिहीबार, ०७ असोज २०७८

काठमाडौं । माधव नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी)ले पदाधिकारी चयन गर्न केही नेताका नाममा सहमति जुटाएको छ । बिहीबार बिहान बसेको स्थायी समिति बैठकले जारी केन्द्रीय कमिटी बैठकमा पेस गर्नेगरी उपाध्यक्ष, महासचिव, उपमहासचिव  र सचिवलगायतका पदाधिकारीहरूको नाम टुङ्गो लगाएको हो ।

एक नेताका अनुसार एकीकृत समाजवादीको उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमालको नाममा सहमति जुटेको छ । त्यसैगरी महासचिवमा डा. बेदुराम भुसाल र उपमहासचिवमा डा विजय पौडेल, डा. गंगालाल तुलाधर र प्रकाश ज्वाला चयन भएको बुझिएको छ ।

सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठको नाम टुङ्गो लागेको छ । टुङ्गो लागेका नामलाई आजै बस्ने केन्द्रीय समिति बैठकले अनुमोदन गरेर घोषणा गर्ने तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप