शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश २ मा लोसपाले संसदीय दलको नेता चयन गर्ने, सोनलको नाम अग्रस्थानमा

बिहीबार, ०७ असोज २०७८, १३ : ०२
बिहीबार, ०७ असोज २०७८


प्रदेश २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले संसदीय दलको बैठक बस्ने भएको छ । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजित भएर गठन भएको लोसपाको संसदीय दलको बैठक आइतबार दिउसो २ बजे जनकपुरधाममा हुने प्रदेश सांसद परमेश्वर साहले जानकारी दिए ।

संसदीय दलको बैठक लोसपाका अध्यक्ष महन्थ ठाकुरको उपस्थितिमा दलको नेता चयन गर्ने आन्तरिक तयारी रहेको प्रदेश सांसद साहले बताए । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल प्रदेश २ को सरकारमा सहभागी हुँदा संसदीय दलको नेतामा जितेन्द्र सोनललाई अघि सारिए पनि दलको नेता थिए ।

तर सोनलकै नेतृत्वमा प्रदेश सरकारमा सहभागी भएको थियो ।  अहिले जसपाबाट लोसपा गठन भएपछि संसदीय दलका नेतामा जितेन्द्र सोनललाई चयन गर्ने लोसपाको तयारी रहेको स्रोतले जानकारी दिए ।

लोसपामा संसदीय दलका नेता बन्ने आकाङ्क्षीहरू पनि छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दल सम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएपछि जसपाबाट अलग भएर महन्थ ठाकुरको नेतृत्वमा लोसपा गठन गरिएको छ । निर्वाचन आयोगले नयाँ दल रोज्न दिएको भदौ २२ सम्मको अवधिभित्र जसपाका ५५ मध्ये १६ प्रदेश सांसदले लोसपा रोजेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप