शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिभुवन विमानस्थलबाट अझै तस्करी : सुनका बाला सङ्कलन गर्ने समूह पक्राउ

३ सय ग्राम सुन बरामद
बिहीबार, ०७ असोज २०७८, १२ : ५७
बिहीबार, ०७ असोज २०७८


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुनका बाला सङ्कलन गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । दुबईबाट मगाएर सङ्कलन गरेको ३ सय ग्राम सुन महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरीले बरामद गरेको छ ।

मंगलबार अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट चितवन घर भएकी रेणुका पाठकलाई प्रहरीले पक्राउ गरेको थियो । ४९ वर्षीय पाठकको साथबाट ५० ग्राम बराबरका ४ वटा सुनका बाला बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए ।

बुधवार १ सय ग्रामका दुईवटा बाला सहित थप चारजना पक्राउ परेका छन् । भन्सार ऐन अनुसार विदेशबाट फर्किँदा ५० ग्राम सुनका गहना ल्याउन पाइन्छ । तर, सुन तस्करहरूले सो प्रावधानको दुरुपयोग गरेर विदेशबाट फर्किनेहरूलाई भरिया बनाएर ल्याउने र विमानस्थलमा सङ्कलन गर्ने गर्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप