अझै पक्राउ परेनन् वडा कार्यालय जलाउने युवा
वीरेन्द्रनगर नगरपालिका–१ को वडा कार्यालयमा पेट्रोल छर्केर आगो लगाउने युवालाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन । बुधबार बिहान सोही वडाका बास्तम लामिछाने भन्ने व्यक्तिले वडा अध्यक्ष गंगाराम सुनारलाई ज्यान मार्ने धम्की दिँदै वडा कार्यालयमा आगजनी गरेका थिए । आगजनी गर्नुअघि वडाअध्यक्ष सुनारलाई ती युवकले वडा कार्यालयकै फोन नम्बरबाट फोन गरी धम्की दिएका थिए । त्यसको केही समयमा नै उनले वडा कार्यालयमा आगजनी गरिदिएका थिए ।
आगजनीबाट वडाध्यक्षको कार्यकक्षमा पूर्ण क्षति पुगेको छ । अध्यक्ष बस्ने कुर्सी, सोफा, दराज त्यहाँ रहेका सम्पूर्ण कागजात जलेर नष्ट भएको छ । घटनास्थलमा प्रहरी पुग्दा नपुग्दै लामिछाने फरार भइसकेका थिए । घटनाको छानविन गरी दोषीलाई कारबाही गर्न माग गर्दै वडा कार्यालयले लामिछानेको नाममा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता समेत गरेको छ । तर, ती युवकलाई प्रहरीले अझै नियन्त्रणमा लिन सकेको छैन ।
घटनास्थलबाट सय मिटर दुरीमा रहेको प्रहरीले उनलाई अझै पक्राउ गर्न नसकेको हो । आगजनी भएको केही समयपछि प्रहरी त्यहाँ पुगेको थियो । घटनास्थलमा मुचुल्का गर्नका लागि भने जिल्ला प्रहरी कार्यालयबाट करिब १ घण्टा पछाडि मात्रै प्रहरी त्यहाँ पुगेको थियो ।
प्रहरी भन्छ –आगजनी गर्ने युवा जंगलतिर पसे, खोजी भइरहेको छ
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक पदमबहादुर विष्टले वडाअध्यक्षलाई मार्ने धम्की दिएर वडा कार्यालय आगजनी गर्ने युवकलाई अझै पक्राउ गर्न नसकिएको बताए । ‘उनी आगजनी गरेलगत्तै पश्चिम क्षेत्रमा रहेको जंगलतिर पसेकाले खोज अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘उनलाई केही दिन अघिमात्रै हामीले जेलमुक्त गरेका थियौँ । बास्तमको यसअघिको क्रियाकलाप पनि गतिलो छैन् । यसअघि काठमाडौँमा समेत विभिन्न अपराध गरेको कारण पक्राउ गरिएको थियो ।’
विष्ट भन्छन्– ‘उनी मानसिक रुपमा तन्दुरुस्त देखिँदैनन् । वडा कार्यालयमा आगजनी गर्नुपूर्व पेट्रोल हाल्नका लागि त्यहीकै कर्मचारीसँग बोतल मागेका रहेछन् । त्यसपछि उनले पेट्रोल छर्केर आगजनी गरेको भेटियो ।’ प्रहरीका अनुसार लामिछानेले यसअघि पनि वडाअध्यक्षलाई धम्की दिएका थिए । प्रहरी उपरीक्षक विष्टले भने, ‘यसअघि नै उनले आफ्नो घरको अगाडिको सडक पिच गर्छस् कि गर्दैनस् भनेर धम्की दिँदै आएका रहेछन् । हाम्रो टोलीले खोजी कार्य गरिरहेको छ । पक्राउ परेपछि खबर गरम्ला नि !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा