आमालाई बचाउने क्रममा छोराको मृत्यु
बिहीबार, ०७ असोज २०७८, १२ : २७

सिरहाको कर्जन्हा नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कर्जन्हा नगरपालिका ६ का २० वर्षीय अश्वनीकुमार झा रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाकाअनुसार करेन्ट लागेर झाको मृत्यु भएको हो ।
चापाकलमा जडान भएको मोटरमा नुहाउने क्रममा झाकी आमालाई करेन्ट लागेको थियो । आमालाई बचाउने प्रयास गर्दा अश्वनीकुमारको करेन्ट लागेर मृत्यु भयो । करेन्ट लागेर झाकी आमा भने गम्भीर घाइते भएकी छन् । उनको उपचार कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा भइरहेको छ । आमालाई बचाउन पुगेका छोराकै मृत्यु भएपछि स्थानीय शोकमा डुबेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?
-
राष्ट्रपति चुरे संरक्षण : १० वर्षमा झण्डै १५ अर्ब खर्च, उपलब्धि ?
-
लागू औषध र अपराधविरुद्ध लड्ने कसम खाएका डुटर्ते अन्ततः आफैं पुगे हिरासत