शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पेशागत महासंघको महाधिवेशन आयोजक समिति गठन

बिहीबार, ०७ असोज २०७८, १२ : ०६
बिहीबार, ०७ असोज २०७८

पेसागत महासंघ नेपाल राष्ट्रिय समितिको बिस्तारित बैठकले सातौं राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गरेको छ । असोज ४ गते अध्यक्ष विश्वनाथ प्याकुरेलको अध्यक्षतामा काठमाडौंमा सम्पन्न बैठकले सन् २०२२ को मे दिवसको अवसर पारेर भव्यतापूर्वक आयोजना गर्ने निर्णय गरेको हो ।

बैठकले प्रेमलकुमार खनाल संयोजक तथा रामप्रसाद रिमाल महासचिव रहेको २२५ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरेको हो । बैठकले महासंघको काम व्यवस्थित गर्न बढीमा ३५ सदस्य रहनेगरी हाललाई ३१ सदस्यीय सचिवालय गठन समेत गरेको महासचिव रिमालले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप