मलाइका अरोडाले भनिन्, ‘फ्लर्टी र ‘तगड’ चुम्बन गर्ने पुरुष मनपर्छ’
मलाइका अरोडा सोसल मिडियामा आफ्नो पोस्टका कारण चर्चामा आइरहन्छिन् । उनका फोटो र भिडियोले धेरैको ध्यान तान्ने गर्छ तर यसपटक उनले एक रियालिटी शोमा दिएको जानकारीका कारण चर्चामा आएकी छिन् । कार्यक्रमकमा उद्घोषक मिलिन्द सोमनले मलाइकालाई ‘त्यस्ता तीनवटा कुरा भन्नुहोस् जसले तपाईंलाई कुनै पुरुषतर्फ आकर्षित गराउँछ’ भनेर सोधे ।
मलाइकालाई चिल्ला पुरुष मनपर्दैनन्ः
हाल नायक अर्जुन कपुरसँग सम्बन्धमा रहेकी मलाइकाले भनिन्, ‘मलाई खासमा थोरै रफ (अव्यवस्थित) पुरुष मनपर्छ । मलाई साँच्चै नै त्यस्तै पुरुष मनपर्छ । चिल्ला होइनन् । भयानक तरिकाले फ्लर्ट गरोस् । मलाई यस्ता पुरुष मनपर्छ जसले राम्रो चुम्बन गर्न सकोस् ।’
अर्जुन कपुरलाई के मेसेज पठाइन् ?
यतिमात्रै होइन उनलाई ‘अर्जुनलाई अन्तिम पटक के मेसेज पठाउनुभयो ?’ भनेर सोधियो । यसमा मलाइकाले लजाउँदै भनिन्, ‘आइ लभ यू टु ।’
मलाइका र अर्जुन सन् २०१९ देखि सम्बन्धमा छिन् । दुबैको रोमान्सको खबर इन्टरनेटमा निकै भाइरल भइरहन्छ । रोमान्टिक होलिडेदेखि परिवारिक भेटघाटसम्म यी दुईलाई निकै खुसी देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप समूह ‘एल’ को निर्णायक भिडन्त: अन्तिम ३२ मा क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
-
स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण