शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मलाइका अरोडाले भनिन्, ‘फ्लर्टी र ‘तगड’ चुम्बन गर्ने पुरुष मनपर्छ’

बिहीबार, ०७ असोज २०७८, १२ : ०४
बिहीबार, ०७ असोज २०७८

मलाइका अरोडा सोसल मिडियामा आफ्नो पोस्टका कारण चर्चामा आइरहन्छिन् । उनका फोटो र भिडियोले धेरैको ध्यान तान्ने गर्छ तर यसपटक उनले एक रियालिटी शोमा दिएको जानकारीका कारण चर्चामा आएकी छिन् ।​ कार्यक्रमकमा उद्घोषक मिलिन्द सोमनले मलाइकालाई ‘त्यस्ता तीनवटा कुरा भन्नुहोस् जसले तपाईंलाई कुनै पुरुषतर्फ आकर्षित गराउँछ’ भनेर सोधे ।

मलाइकालाई चिल्ला पुरुष मनपर्दैनन्ः

हाल नायक अर्जुन कपुरसँग सम्बन्धमा रहेकी मलाइकाले भनिन्, ‘मलाई खासमा थोरै रफ (अव्यवस्थित) पुरुष मनपर्छ । मलाई साँच्चै नै त्यस्तै पुरुष मनपर्छ । चिल्ला होइनन् । भयानक तरिकाले फ्लर्ट गरोस् । मलाई यस्ता पुरुष मनपर्छ जसले राम्रो चुम्बन गर्न सकोस् ।’

अर्जुन कपुरलाई के मेसेज पठाइन् ?

यतिमात्रै होइन उनलाई ‘अर्जुनलाई अन्तिम पटक के मेसेज पठाउनुभयो ?’ भनेर सोधियो । यसमा मलाइकाले लजाउँदै भनिन्, ‘आइ लभ यू टु ।’

मलाइका र अर्जुन सन् २०१९ देखि सम्बन्धमा छिन् । दुबैको रोमान्सको खबर इन्टरनेटमा निकै भाइरल भइरहन्छ । रोमान्टिक होलिडेदेखि परिवारिक भेटघाटसम्म यी दुईलाई निकै खुसी देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप