कोरोनाको अबको लहर कस्तो हुनेछ ? किन महामारीका लागि रणनीति फेर्नुपर्छ भनिरहेका छन् विज्ञ ?
संसारभरी कोरोना भाइरसले खुट्टा पसारेको करिब २० महिना बितिसकेको छ । महामारीको सुरुवाती चरणदेखि हामी दैनिक कोरोनाका नयाँ–नयाँ लहरबारे सुन्दै आएका छौं । पहिलो र दोस्रो लहरको विध्वंश सबैले देखेका छौं र भारतलगायत नेपालमा तेस्रो लहरको आशंका गरिएको छ । तर अब संसारभरी कोरोना खोपको ६ अर्ब डोज मानिसहरुलाई लगाइसकेको अवस्थामा र कोरोनाको प्रभाव पनि कम भइरहेको अवस्थामा संसारभरीका स्वास्थ्य विज्ञले महामारीका लागि रणनीति फेर्नुपर्ने वकालत गरिरहेका छन् ।
यी विज्ञले अब लहरको चर्चा बन्द गरेर नयाँ प्रकारको खतरा (जुन हालसम्मको महामारीभन्दा निकै भिन्न हुनसक्छ) माथि ध्यान केन्द्रीत गर्न आवश्यक रहेको बताएका छन् । त्यसैले योसँग जुध्ने तरिका पनि एकदम भिन्न हुनुपर्ने विज्ञको धारणा छ । कोरोनाका संक्रमित र मृत्युको आँकडाका अनुसार लहर निर्धारण गर्दा हानी भइरहेको विज्ञ बताउँछन् । जुन देशमा संक्रमितको संख्या कम भइरहेको छ, त्यहाँ सावधानी पनि कम भएको र त्यहिँबाट महामारी फिर्ता हुने बाटो खुलेको विज्ञको मान्यता छ ।
खतरा फिर्ता हुने संकेत ?
बेलायत र अमेरिकामा कोरोनाको दोस्रो लहर नियन्त्रणमा आएलगत्तै स्कूल, कार्यालय र बजार खुलेपछि नयाँ लहरमा आएको तीब्रता यसैको उदाहरण हो । अमेरिकामा त सेप्टेम्बर महिना निकै घातक भइरहेको छ । खोप अभियानलाई तीब्रता दिएतापनि अमेरिकामा करिब एक लाख बिरामी दैनिक सार्वजनिक भइरहेका छन् भने दैनिक दुई हजारभन्दा बढीको मृत्यु भइरहेको छ । यहाँ ९७ लाखभन्दा बढी सक्रिय संक्रमित छन् । अमेरिकामा जुन ७ करोड मानिसहरुले हालसम्म भ्याक्सिन लगाएका छैनन् उनीहरु उच्च खतरामा रहेको भन्दै चेतावनी दिइएको छ ।
के भनिरहेका छन् विज्ञ ?
बेलायती भायरोलोजिस्ट जेरेमी रोसम्यान यस्ता स्थितिलाई रोक्नका लागि लहरको माध्यमले कोरोनालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने बताउँछन् । उनका अनुसार भाइरसको संक्रमण एकपटक तेज हुन्छ, त्यसपछि थामिन्छ र पछि नयाँ रुपमा बढिरहेको छ र यो नयाँ ट्रेन्डबाट सावधान हुन आवश्यक छ । कोरोना भाइरसको दैनिक नयाँ–नयाँ भेरियन्ट सार्वजनिक भइरहेको अवस्थामा र भाइरस लगातार म्युटेन्ट भइरहेको अवस्थामा संसारभरीका मानिस सावधान हुनुपर्ने विज्ञको जोड छ । सावधानी अपनाए मात्रै महामारी फिर्ता हुनबाट जोगाउन सकिने विज्ञ बताउँछन् ।
भविष्यमा कोरोनाका तेस्रो लहर कस्तो होला ?
विश्व स्वास्थ्य संगठन र भ्याक्सिन एलायन्स ... को आँकलन अनुसार अबको केही वर्षसम्म कोरोनाभाइरस कतै जाने वाला छैन । कम वा बढी प्रभावशालीको रुपमा यो भिन्न–भिन्न देश र त्यसका भिन्न भिन्न इलाकामा विकास भइरहन्छ । योसँग जुध्ने उपायका साथै मानिसहरुले योसँगै बाँच्नका लागि बानी पानुपर्छ । डब्ल्यूएचओकी मुख्य वैज्ञानिक डा. सौम्या स्वामीनाथन भन्छिन्, ‘हामी यस्तो चरणतर्फ अघि बढिरहेका छौं जसलाई एन्डेमिसिटी भन्न सकिन्छ अर्थात् जहाँ कम वा मध्यम स्थितिमा संक्रमणको स्थिति बन्नेछ ।’
भारतकी शीर्ष भाइरोलोजिस्ट डा. गगनदीप कांग तेस्रो लहर आएको खण्डमा यो दोस्रो लहर जत्तिको बलियो हुनेछ भन्नु उचित अहिले नै उचित छैन । तेस्रो लहर पूर्ववत् लहरजस्ता नभएर देशका भिन्न भिन्न हिस्सा र स–साना इलाकामा सिमित हुनसक्छ । डा. कांगका अनुसार भविष्यमा कोरोनाका कुनै लहर आउनु वा नआउनु मानिसहरुको व्यवहारमा निर्भर हुनेछ । विशेषगरी चाडपर्वका बेला भीडभाडमा कति हदसम्म नियन्त्रण पाउन सकिन्छ, यसमा पनि निर्भर हुनेछ ।
सावधानीका लागि के गर्न सकिन्छ ?
फ्लू–इन्फ्लुन्जाजस्ता थुप्रै रोग एन्डेमिक स्टेजमा छन् जुन थुप्रैपटक भिन्न भिन्न इलाकामा देखिने गर्छ र परीक्षण र उपचारमार्फत् त्यसमाथि नियन्त्रण पाउन सकिन्छ । ठिक यहि रणनीति कोरोनाका लागि पनि राख्न आवश्यक छ । हाल खोप लगाएकाहरुमा कोरोनाका लागि जुन प्रतिरोधी क्षमता विकसित भइरहेको छ, यदि त्यसलाई बाइपास गर्ने नयाँ भेरियन्टको उत्पत्ति भएको खण्डमा महामारीलाई रोक्न मुश्किल पर्छ । यसका लागि डा. कांग नयाँ नयाँ खोप विकास गर्न जोड दिन्छिन् जसले नयाँ भेरियन्टमाथि नियन्त्रण पाउन सक्छ । हाल विकसित भएका भ्याक्सिन सार्स–कोभ–टु भाइरसको परम्परागत रुपलाई ध्यानमा राखेर विकसित गरिएको छ । तर नयाँ भेरियन्टले नयाँ चुनौती लिएर आउनेछन् । यसका लागि उनी एक डोज पुरानो भ्याक्सिन र अर्को डोज नयाँ भ्याक्सिन दिने प्रयोगमा पनि जोड दिन्छिन् ।
डा. गगनदीप कांग भन्छन्, ‘जब महामारी चरममा थियो तब हामीले हाम्रो पूरा स्वास्थ्य प्रणालीलाई कोरोनासँग लड्नमा लगाइदिएका थियौं । तर १८ महिना अघि हामीले जे गरेका थियौं, त्यहि कुरा आज गर्न सक्दैनौं । हाल लहर कम भएको अवस्थामा हामीले टेस्टिङ, भ्याक्सिन र नयाँ भेरियन्टसँग जुध्ने उपायमाथि काम गर्न आवश्यक छ ताकि भविष्यमा देखिने कुनै पनि संकटसँग हामी नयाँ तरिकाले र नयाँ प्रविधि र नयाँ भेरियन्ट्सलाई नियन्त्रण गर्ने भ्याक्सिनसँग जुध्न सकियोस् । कोरोना महामारीका बेला अन्य रोगबाट ग्रस्त मानिसहरुलाई पनि अत्यधिक गाह्रो भयो । जस्तै समग्र स्वास्थ्य सुविधा कोरोनामा केन्द्रीत हुँदा विभिन्न अस्पतालमा ओपीडी सेवा बन्द भए, परीक्षण कम भए, अन्य रोगका खोप लगाउने काममा बाधा उत्पन्न भयो, मातृत्व सुरक्षामा ध्यान कम भयो, क्यान्सरद्वारा पीडित मानिसहरुको किमोथेरापीमा बाधा उत्पन्न भयो, मधुमेहद्वारा ग्रसित मानिसहरुको उपचार सहज भए, टिबीद्वारा पीडित मानिसहरुमाथि गरिने कार्यक्रममाथि ध्यान केन्द्रित गर्न सकिएन । यस्तै स्थिति भविष्यमा पनि नदोहोरियोस् भन्नका लागि स्वास्थ्य सुविधा विकसित गर्न आवश्यक छ ।
अन्य देशको स्थिति के छ ?
खोप अभियानको गति तीब्र हुने आशा जताइँदैछ । यसले भाइरसबाट मानिसहरुलाई सुरक्षा प्रदान गर्नेछ र संक्रमणको गति कम गर्न मद्दत गर्छ तर डेल्टा र डेल्टा प्लसजस्ता नयाँ भेरियन्ट्स लगातार आइरहेको अवस्थामा मध्यम आय भएका देशमा जहाँ भ्याक्सिनको उपलब्धता कम छ, त्यहाँ संक्रमणको खतरा अहिले पनि यथावत् छ । चीन र न्यूजिल्याण्डजस्ता देश जसले जिरो कोभिडलाई आफ्नो उद्देश्य बनाएका छन् त्यहाँ एकजना पनि संक्रमित भेटिँदा पूरा इलाका सिल गर्ने, लकडाउन लागू गर्ने, कन्ट्याक्ट ट्रेसिङजस्ता उपायमाथि जोड दिने गरेका छन् । तर अन्य देश जहाँ थोरै मानिसहरुले खोप लगाएका छन्, स्वास्थ्य सुविधा कम छन् र बढी जनसंख्या र भीडभाडलाई रोक्न कडा कानून लागू गर्न सकिएको छैन, त्यहाँ संक्रमण कि त बढिरहेको छ कि एक स्तरमा लगातार जारी छ ।
यो स्थितिमाथि कसरी नियन्त्रण पाउन सकिन्छ ?
संसारका शीर्ष स्वास्थ्य विज्ञले महामारी चाँडै अन्त्य हुने अवस्थामा नरहेका कारण यसबारे रणनीति फेर्नुपर्ने बताइरहेका छन् । अमेरिकी स्वास्थ्य संस्था एफडीएका पूर्व प्रमुख स्कट गटबिल भन्छन्, ‘हामीले महामारीको अर्को चरणका लागि तयार हुनुपर्छ । हामी भाइरसलाई पूर्ण रुपमा नष्ट गर्न त सक्दैनौं तर त्यसबाट दुरी बनाउन सक्छौं । हाम्रो प्राथमिकता संक्रमणको गतिलाई कम राख्नु, रोगको गम्भीर स्थितिबाट बच्नु र मृत्युदरलाई कम गर्नु हो । यसका लागि सामाजिक दुरीका उपाय कडा रुपमा पालना गर्नुपर्नेछ । जहाँसम्म सम्भव छ ‘वर्क फ्रम होम’ लाई अपनाउन, स्कूल र कलेजमा अनलाइन कक्षा अपनाउने उपाय जारी राख्नुपर्नेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या