बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हास्य सिरियल ‘उकुसमुकुस’ सुरु

बिहीबार, ०७ असोज २०७८, ११ : ३२
बिहीबार, ०७ असोज २०७८

हास्य सिरियल ‘उकुसमुकुस’ को प्रशारण सुरु भएको छ । बुधबार आमा अग्निकुमार मिडिया नामक युट्युब च्यानलबाट सिरियल प्रसारण सुरु भएको हो । नहकुल भट्टराई निर्माता रहेको सिरियल दिलीप तामाङ ‘हुरहुर’ ले निर्देशन गरेका हुन् । 

गोेल्ड फिल्मस्ले प्रस्तुत गरेको सिरियलमा केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ को संवाद रहेको छ । सिरियलमा दिलीपको नै कथा छ । सिरियलको श्रृङ्खला निर्देशक सितादेवी तिमल्सिना हुन् । राहुल राईले छायाँकन गरेको सिरियलको पहिलो भागमा टिकटक एपको क्रेजसँगै यसको राम्रा र नराम्रा दुबै पाटोलाई देखाउन खोजिएको छ ।

जयनन्द लामा, भुइसाल लामा, दिलिप तामाङ, देवी आले, धनराम मुस्कान, प्रकाश लिम्बु, बेदना राई, नहकुल भट्टराई, दिपक लम्साल, टुल्कु तामाङको साथमा बाल–कलाकार सोहन थापा लगायतको अभिनय सिरियलमा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप