शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जुवा खेलेको आरोपमा १३ जना  पक्राउ,  १८ लाख ७५ हजार बरामद

बिहीबार, ०७ असोज २०७८, ११ : ०१
बिहीबार, ०७ असोज २०७८

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित पेप्सीकोलामा सञ्चालित ‘मिनी क्यासिनो ’मा प्रहरीले छापा मारेको छ । छापा मारेर क्यासिनो शैलीमा जुवा खेलिरहेका १३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए ।

पेप्सीकोलास्थित हरहर महादेवमा रहेको कमल दाहालको घरमा विदुर दाहालले सो मिनी क्यासिनो सञ्चालन गरेका थिए । जुवा खालबाट १८ लाख ७५ हजार बरामद गरिएको छ । क्यासिनो शैलीमा जुवा खेल्न प्रयोग गरिने विभिन्न दरका १ सय ६० वटा क्वाइन महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले बरामद गरेको छ ।

जुवा खालबाट पक्राउ पर्नेमा दोलखा घर भई काँडाघारी बस्ने उत्तम दाहाल, मणि दाहाल, सुवास तामाङ, नारायण दाहाल, सुन्दर अधिकारी, नयाँ बस्ती बस्ने सरोज तामाङ र कञ्चनपुर घर भएका प्रवीण खड्का लगायत छन् । खालबाट प्रहरीले ७ गड्डी तास पनि बरामद गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप