शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कन्यादान परम्परालाई चुनौती दिने विज्ञापन

कन्यादान महिलाको मात्रै किन ?
बिहीबार, ०७ असोज २०७८, १० : ५३
बिहीबार, ०७ असोज २०७८

आजभोलि टेलिभिजन र सामाजिक सञ्जालमा दुईवटा विज्ञापन प्रसारण भएका छन् । तीमध्ये एउटा ‘मान्यवर मोहे’ (दुलहीको पहिरन डिजाइन गर्ने ब्रान्ड)को  विज्ञापन हो । यसमा बलिउड फिल्म अभिनेत्री आलिया भट्ट दुलहीको भेषमा सजिएकी छिन् ।

दोस्रो विज्ञापन क्याडबरी चकलेटको हो । त्यसमा चेन्नईकी पौडीबाज तथा अभिनेत्री काव्या रमाचन्द्रन क्रिकेटरले अभिनय गरेकी छिन् । एउटा विज्ञापनले भारतीय समाजमा (यो चलन नेपालमा पनि व्याप्त छ) चल्दै आएको परम्परा र रीति–रिवाजमाथि प्रश्न उठाउँछ भने अर्कोले लैङ्गिकताका आधारमा रुढीवादी परम्परालाई तोडेको देखाउँछ ।

 मान्यवर मोहे कपडाको ब्रान्ड हो । यसको विज्ञापनमा दुलहीको भूमिकामा देखिएकी आलिया भट्ट मण्डपमा बसिरहेकी छिन् र रीतिरिवाज र परम्पराका नाममा जकडिएका महिलाको मनमा उत्पन्न हुने प्रश्नलाई उठाइरहेकी छिन् ।

छोरी अर्काको धन किन हो ? के उनको मात्रै कन्यादान हुन्छ ? यो विज्ञापनको अन्त्यमा दुलहाका आमाबुबाले आफ्नो हात अघि बढाउँछन् र आलिया भन्छिन्, ‘नयाँ विचार कन्या मान ।’

विज्ञापनमाथिका प्रतिक्रियाः

यो विज्ञापनको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ भने आलोचना गर्नेहरुको पनि कमी छैन । अनुपमा नामकी ट्विटर प्रयोगकर्ता यसबारे लेख्छिन्, ‘यो प्रगतिशील सन्देशले समानता झल्काउँछ । किन छोरी मात्रै दिइन्छ ?’

यस्तै मोहित वर्मा नामका अर्का प्रयोगकर्ताले भने यसको विरुद्धमा लेखेका छन् । उनले लेखेका छन्, ‘यो विज्ञापनले हिन्दुको भावनाविरुद्ध हो । सुरुमा कन्यादानको अर्थ बुझ्नुहोस् । हिन्दु र त्यसको परम्पराविरुद्ध हुन बन्द गर्नुहोस् ।’

यो विज्ञापनमा सामाजिक सञ्जालमा मिडियामा मिश्रित प्रतिक्रिया दिइँदैछ ।

समाजशास्त्री डा. एएल शारदा बीबीसीसँगको कुराकानीमा यो विज्ञापनमार्फत एक सकारात्मक सन्देश दिने कोसिस गरिँदै छ भन्छन् ।

उनी भन्छिन्, ‘भारतीय समाजमा छोरीलाई अर्काको घर जाने जात भन्ने गरिन्छ । यसले जुनसुकै महिला वा युवतीलाई दुःखी बनाउँछ र यसले ती महिलाको बेइज्जत पनि गरिरहेको हुन्छ । यस्तै यसले आमा–बुवाको आचरणलाई पनि प्रभावित पार्छ । उनीहरुले आफ्ना छोरीलाई माया त गर्छन् तर उनीहरुमा कतै न कतै छोरीको विषयमा डर हुन्छ र उनीहरुले यसलाई एक जिम्मेवारीका रूपमा लिन्छन् ।’

महिलाको पहिचानमाथि प्रश्नः

मान्यवरको विज्ञापन निकै क्रान्तिकारी मान्ने डा. अशिता अग्रवाल भन्छिन्, ‘यो विज्ञापनले भारतीय समाजमा गहिरो गरी जरो गाडेर बसेको मान्यतालाई चुनौती दिएको छ । आखिर कन्यादानको अर्थ नै के हो ? के तपाईं कन्याको ‘मालिक’ हो ? वा तपाईं उसको स्वामी जसले उसलाई दान गर्न सक्नुहोस् । अरूलाई दान दिनुको अर्थ कुनै वस्तुलाई एउटा मालिकबाट अर्का मालिकलाई दिनु हो । तपाईंले यसो गरेर महिलाको पहिचानलाई नै कम गरिरहनुभएको छ ।’

बीबीसीसँगको कुराकानीमा उनी भन्छिन्, ‘मैले आफ्नो पितालाई विवाहमा कन्यादानको रीति निभाउन अस्वीकार गरेको थिएँ ।’

स्पिजमेरमा मार्केटिङ प्राध्यापक डा. अशिता कन्जुमर इन्साइट कन्सल्टेन्ट पनि हुन् । उनका अनुसार कुनै पनि चिज मानिसको चित्त बुझेपछि या अपराधबोध भएपछि त्यसको औचित्य प्रमाणित गर्न चाहँदा त्यो विषय ट्रोल बन्छ । 

उनी भन्छिन्, ‘लिङ्क्डइनमा मैले यी दुई विज्ञापनबारे लेखेपछि पढे लेखेका थुप्रै मानिसले मान्यवर मोहे विज्ञापनको विषयलाई महिलाको सुरक्षासँग जोडेर एक बुबाले छोरीको सुरक्षा अर्काको हातमा सुम्पिएको बताए । तर यहाँ भनिएको सुरक्षाको अर्थ के हो ? अहिले महिला आफैँ पनि आर्थिक रूपमा सक्षम छन् । समाजमा आफ्नो पहिचान बनाइरहेका छन् । वर्तमान समयमा महिलाले आफ्ना बच्चा र परिवारको जिम्मेवारी लिइरहेका छन् तर तपाईं उनको यौनिकतालाई तल्लो स्तरमा देखाइरहनुभएको छ ।’

यस्तै यो कुरालाई अघि बढाउँदै डा. शारदा भन्छिन्, ‘केही मानिस यस्ता पनि छन् जो, हरेक चिजले उनीहरूलाई छुने गर्छ । उनीहरु संस्कृति र धार्मिक परम्परामाथि पटक पटक प्रश्न उठाइरहेका छन् र चुनौती दिइरहेका छन् ।’

महिलाको भूमिका फेरियोः

‘द एड्भर्टाइजिङ स्ट्यान्डर्ड काउन्सिल अफ इन्डिया (एएससीआई) की कन्जुमर कम्प्लेन्ट काउन्सिल (सीसीसी) की सदस्य पीएन वसन्तीले विज्ञापन जगत्ले लामो यात्रा निश्चित गरेको र यसमा महिलाको भूमिका पनि फेरिरहेको बताइन् ।

उनी भन्छिन्, ‘एक समय महिलाको अब्जेक्टिफिकेसन हुन्थ्यो । डट्पेन र टायरको विज्ञापन पनि एउटी सुन्दर महिलालाई अर्धनग्न अवस्थामा देखाइन्थ्यो । यो समयसँगै फेरिँदै छ ।’

भारतीय आभूषण ब्रान्ड तनिष्कको एउटा विज्ञापन प्रसारण भएको थियो । त्यो विज्ञापनमा भिन्न भिन्न समुदायका विवाहित जोडीसँग सम्बन्धित थियो । यसमा एउटा मुस्लिम परिवारमा हिन्दु बुहारीको ‘गोद भराई’ गरिरहेको देखाइएको छ । यो विज्ञापन निकै विवादास्पद छ । त्यस कारण यो हटाउनैपर्छ ।

हुन त यस्ता थुप्रै ब्रान्डका विज्ञापन छन् । त्यसले एकातिर भारतीय समाजको संरचनालाई तोडिरहेको देखाएको छ । त्यसमा घरका बुबा, श्रीमान् वा दाजुभाइलाई निर्णय लिने सम्पूर्ण अधिकार छ । उनीहरुलाई नै घरको मुखिया भनिन्छ । महिलाहरू भने आर्थिक जिम्मेवारी पनि निभाइरहेका छन् र घरको सबै काम उनीहरुकै काँधमा छ ।

विज्ञापन र सोचः

यसमा सभ्यताको ब्रान्डको पनि विज्ञापन पर्छ । सासूले बुहारीसँग मिलेर छोरालाई काम अह्राउँछिन् ।

डा. अशिता अग्रवाल भन्छिन्, ‘पछिल्लो १०–१२ वर्षमा धेरै परिवर्तन आएको छ । यो अवधिको विज्ञापनलाई दुई भागमा बाँड्न सकिन्छ– आन्दोलनकारी र विकासवादी । विज्ञापनमा महिलाको पहिचानको कुरा भइरहेको छ ।’ यहाँ उनले क्याडबरी विज्ञापनको उदाहरण दिँदै त्यसलाई विकासवादी श्रेणीमा राखेकी छिन् ।

क्याडबरीको अहिलेको विज्ञापन वास्तवमा करिब २७ वर्षअघि आएको विज्ञापनभन्दा ठीक विपरीत छ । यो विज्ञापनको निकै प्रशंसा भइरहेको छ ।

यसले सकारात्मक सोचलाई देखाउँछ । यसमा  एउटी महिला क्रिकेटरले म्याचमा छक्का लगाउँछिन् । यो उपलब्धिलाई एकजना भावुक पुरुषले निर्धक्कसँग खुला रूपमा उत्सव मनाइरहेको हुन्छ । यो दृश्य साधारणतया देख्न पाइँदैन । यहाँ एक महिलाको जित वा उपलब्धिलाई इष्र्या वा हीनतासँग जोडेर हेरिन्छ ।

पद्मश्रीद्वारा सम्मानित र ओग्लवी एजेन्सीमा चिफ क्रिएटिभ अफिसर पियूष पाण्डे भन्छन्, ‘सन् १९९४ मा पनि  एउटी युवती सार्वजनिक रूपमा मैदानमा आएर खुसी भएर यसरी नाच्न सक्छिन् र खुलेर अभिव्यक्ति दिन सक्छिन् भनेर मानिसहरुले सोच्न पनि सक्दैनथे ।’

उनी भन्छिन्, ‘हाम्रो उद्देश्य पुरुषलाई नयाँ भूमिकामा देखाउनु नभई महिलाले जसरी प्रगति गरिरहेका छन् त्यसलाई सलाम गर्न र उत्साह बढाउनु थियो । हाम्रो उद्देश्य समाजमा केही गरिरहेका सबै महिलालाई प्रोत्साहित गर्नु हो ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप