बालकथा : स्यालको बुद्धिले बाघलाई मार्‍यो

person explore access_timeअसोज ७, २०७८ chat_bubble_outline0

भाइबहिनीहरूलाई कसैले बल र बुद्धि कुन ठूलो भन्यो भने के भन्छौ ? सायद बल ठूलो भन्छौ होला होइन ? झट्ट सुन्दा लाग्ने त्यस्तै हो । प्रायः सबैले यसै भन्छन् तर त्यो लागेको मात्र हो । वास्तविकता होइन । सदैव बलभन्दा बुद्धि नै एकपाइलो अगाडि हुन्छ । बलले गर्न नसकेको जस्तोसुकै काम पनि बुद्धिले सहजै गर्न सक्छ । यहाँ यस्तै एउटा कथा प्रस्तुत गरिएको छ, जसलाई पढेर तिमीहरू आफैँ प्रष्ट हुनेछौ ।

धेरै पहिलेको कुरा हो । एउटा जङ्गलमा शेरसिं नामको बाघ बस्थ्यो । बाघको जातै हिंस्रक हुन्छ । जो भेट्छ उसैलाई चिथोर्न पुग्छ । त्यसमाथि शेरसिं बढी नै हिंस्रक थियो । घमण्डी र आरिसे त्यस्तै । ऊ जङ्गल आफ्नै पेवा जस्तो ठान्थ्यो । यहाँ आफू बाहेक कसैको पनि बस्ने हक छैन भन्ने मान्यता राख्थ्यो । 

बिस्तारै ऊ बुढो हुँदै गयो र शिकारमा जान नसक्ने भयो । भाइबहिनीहरूलाई थाहै होला बाघलाई शिकार गर्न कति दौड लाउनुपर्छ । त्यस्तै परे मुखमै आएको शिकार पनि फुत्किन बेर लगाउन्न र पुनः अघिको भन्दा पनि कठिन दौड लगाउनुपर्ने हुन सक्छ तर वृद्धावस्थाका कारण उसले दौड लगाउन सकेन र भोकभोकै ओडारमा बसेर दिन बिताउनुपर्ने अवस्था आयो ।

दिन बित्दै गयो । ऊ यसै पनि वृद्ध थियो, त्यसमाथि भोक पनि थपियो । त्यसपछि पो थाहा पायो जीवनको मूल्य कति महङ्गो रहेछ भन्ने कुरा । जबानीको जोसमा कसैलाई गनेन । सँधै यसैगरी बित्छ भन्ने सोच्यो, त्यस्तै व्यवहार ग¥यो । शेखी ग¥यो । घमण्ड र अहङकार देखायो तर सँधै अवस्था एकैनासको कहाँ हुन्थ्यो र । समयले आफैँ उसको शेखी झारिदियो । एक दिन होइन दुई दिन होइन । भोकभोकै कति दिन बिताउने । तैपनि उसका निम्ति कुनै विकल्प थिएन ।

एक दिन ओडारमा बसेर भोको पेटको चिन्ता गर्दै थियो अचानक मनमा एउटा जुक्ति फु¥यो, जसले अब शरीरको बल होइन बुद्धिबल लगाउनुपर्छ भन्ने सन्देश दियो । त्यसपछि उसले कुनै एक चरामार्फत् जनावरहरू समक्ष आफू सिकिस्त बिरामी भएको समाचार पठायो ।

जङ्गलका राजा शेरसिं बिरामी छन् भन्ने सुनेपछि जनावरहरू एकएक गरी भेट्न आए । उनीहरू पनि देखावटी रूपमा मात्र दुःख जताउन आएका थिए । भित्री उद्देश्य खाइस् र पाइस् भन्ने नै थियो । त्यसैले उनीहरू ओडारभित्र छिरेर महाराज ! के गर्ने यस्तै हो । चित्त बुझाउनुपर्छ । एक दिन सबैको अवस्था यस्तै हो भन्थे, दुःख माने जस्तो गर्थे तर मनमनै भने ठीक्क प¥यो तलाई, हामीलाई दुःख दिएको फल पाइस् भनिरहेका हुन्थे । शेरसिं यस्तै मौकाको प्रतीक्षामा बसेको हुन्थ्यो । जब उनीहरू दुःख माने जस्तो गरिरहेका हुन्थे त्यति नै बेला एक झप्टा लगाउँथ्यो र क¥याकुरुप पारी पेट भर्ने गथ्र्यो ।

विचरा जनावरहरू गएको साथी किन फिर्ता आएका छैनन् भन्नेसम्मको ख्याल नगरी प्रत्येक दिन एकएक गरी भेट्न जान्थे र शेरसिंको शिकार बन्थे । 

दिन बित्दै गयो बाघको गुजारा पनि चली नै रह्यो । बसीबसी खान पाएर ऊ मोटायो र हृष्टपुष्ट देखिन थाल्यो । बसीबसी खान पाइने जुक्ति निकाल्न सकेकोमा मनमनै दङ्ग पर्ने गथ्र्यो तर समय सँधै एकनासको कहाँ हुन्थ्यो र ।  एकदिन उसलाई भेट्न जाने पालो एउटा स्यालको आयो । स्याल बढी नै बाटो र छट्टु थियो । उसले ओडारको बाहिर गएर यताउता हे¥यो तर जनावरहरू भित्र गएको पाइला मात्र देख्यो । बाहिर निस्केको एउटा पनि भेटेन । त्यसपछि उसलाई दाल कालो छ भन्ने पक्का भयो र नयाँ जुक्ति निकाल्दै ठूलो स्वरले भन्यो–

‘महाराज शेरसिंह ! तपाईलाई भेट्न आएको थिएँ तर भित्र छिर्ने बाटै फेला पारिनँ । कृपा गरी बाहिर आइदिनुभए दर्शन गरेर हाल खबर बुझ्ने अवसर पाउने थिएँ ।’

स्यालको कुरा सुनेर शेरसिंले फकाउने प्रयास गर्दै भन्यो–

‘जाती भयो मित्र ! भेट्न आएका रहेछौ तर हेर न आफू परेँ वृद्ध र बिरामी । त्यसमाथि आँखा पनि राम्रोसित देख्दिन । त्यसैले बाहिर आउन असमर्थ छु । मलाई भेट्न आएका हौ भने तिमीले नै भित्र आउनुपर्छ ।’

उसको कुराबाट स्याललाई शेरसिं चलाखी गर्दैछ भन्ने थप प्रष्ट भयो । तैपनि थाहा नपाएजस्तो गर्दै भन्यो–

‘त्यही त भनेको महाराज ! बाटै फेला पार्न सकिनँ ।’

बाटोको चिन्ता किन गर्छाै भाइ ! म बताइहाल्छु नि भन्दै शेरसिंले भित्र छिर्ने बाटो बतायो तर त्यतिबेलासम्म स्याललाई उसको चलाखी प्रष्ट भइसकेको थियो । त्यसैले ठूलठूलो स्वरमा चिच्याउँदै भन्यो–

‘धेरै चिप्लो नघस् शेरसिं ! तेरो चलाखी प्रष्ट भइसकेको छ । त्यति बढी मूर्ख पनि नठान् कि अरूलेजस्तै जे भन्यो त्यही पत्याउँछ भनेर । तैँले चलाखी गरेर साथीहरूलाई धोका दिइस् तर मलाई सक्दैन बुझिस् । साँच्चै आफैँलाई बाघको छोरा ठान्छस् भने बाहिर आइज होइन भने तेरो दिन सकिए ।’

स्यालको तुच्छ वचन शेरसिंले पचाउन सकेन र गुर्रर्र गर्दै बाहिर आयो तर त्यतिबेलासम्म स्यालले सुइकुच्चा ठोकिसकेको थियो । आफू चलाख छु भनेको त्यो भन्दा बढी चलाख स्यासलाई देखेर पुर्पुरोमा हात लगाउँदै गुफाभित्र छि‍-यो ।

त्यसपछि स्यालले जङ्गलमा गएर सबै जनावरहरूलाई शेरसिंको चलाखी बतायो । त्यस दिनदेखि शेरसिंलाई भेट्न कोही पनि गएनन् । फलत ः उसले भोकभोकै मर्नुप-यो ।

यसरी एउटा स्यालले बुद्धि बलबाट बाघ जस्तो बलियो शत्रुबाट आफूले मात्र नभई अरुलाई पनि बचाउन सफल भयो ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।