बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गहना वशिष्ठमाथि अभिनेत्रीहरूलाई लालच दिएर ‘पोर्न फिल्म’ शुट गर्न लगाएको आरोप

बिहीबार, ०७ असोज २०७८, १० : २४
बिहीबार, ०७ असोज २०७८

बलिउड फिल्मकी अभिनेत्री गहना वशिष्ठमाथि अभिनेत्रीहरूलाई लालच देखाएर पोर्न फिल्ममा काम गर्न लगाएको आरोप लागेको छ । 

करिब ६ महिना पहिले पोर्न भिडियो निर्माण गरेको अभियोगमा पक्राउ परेकी गहनाले अभिनेत्रीहरूलाई लोभ देखाएर नै पोर्न फिल्ममा काम गर्न लगाएको प्रहरीले आरोप लगाएको हो । गहनाले ६ महिनाअघि ८७ वटा पोर्न भिडियो बनाएको प्रहरीले भारतीय सञ्चारमाध्यमलाई जानकारी दिएको थियो । उनले उक्त भिडियोहरू आफ्नो वेभसाइटमा अपलोड गर्दै आएकी थिइन् । उक्त वेभसाइट खोल्नका लागि पैसा तिर्नुपर्छ । जसको मूल्य २ हजार भारतीय रुपियाँ राखिएको थियो । 

प्रहरीका अनुसार गहनाले फिल्म क्षेत्रमा संघर्षरत अभिनेत्रीहरूलाई ठूला फिल्ममा काम लगाइदिने लोभ देखाउँथिन् । उनले एउटा भिडियोमा काम गरेबापत १५ देखि २० हजार भारतीय रुपियाँ दिने गरेकी थिइन् । उनी उक्त प्रकरणमा ५ महिना जेल परिन् । तर, फेरि भारतीय व्यापारी राज कुन्द्राको पोनोग्राफी प्रकरणमा उनी पनि मुछिइन् । उनले उक्त प्रकरणमा संलग्न रहेको आरोप लागेपछि बम्बई उच्च अदालतमा अग्रिम जमानतका लागि निवेदन दिएकी थिइन् । उक्त जमानतको निवेदन मंगलबार खारेज भएको छ । 

उनलाई मुम्बई प्रहरीको अपराध शाखाले सोधपुछका लागि बोलाएको थियो । तर उनले आफू मुम्बईमा नभएको भन्दै प्रहरीमा बयान दिन इन्कार गरेकी थिइन् । उनले शर्लिन चोपडा र पुनम पाण्डेले झुटो आरोप लगाएको पनि बताएकी थिइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप