शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘मिस नेपाल युएस’का १० प्रतियोगी न्युयोर्कमा

बिहीबार, ०७ असोज २०७८, ०९ : २५
बिहीबार, ०७ असोज २०७८

‘मिस नेपाल अमेरिका–२०२१ ’का १० प्रतियोगी अमेरिकाको न्युयोर्क आइपुगेका छन् । आगामी सेप्टेम्बर २५ का दिन आयोजना हुने ‘मिस नेपाल युएस २०२१’ मा सहभागी हुन १० प्रतियोगी न्युयोर्क आएका हुन् । 

प्रतियोगितामा शीर्ष १० का लागि छनौटमा पुगेका प्रतियोगीहरु बुधबार अमेरिकाका विभिन्न राज्यहरूबाट आएका हुन् । कार्यक्रम न्यूयोर्कको क्विन्स थिएटर (नाट्य कला) मा आयोजना गरिनेछ । उनीहरुको कोभिड–१९ को परीक्षण गरिएको छ ।

उनीहरुको तालिम भोलि सेप्टेम्बर २३ का दिनदेखि सुरु हुने प्रतियोगिताका फोटोग्राफर राजीब श्रेष्ठले रातोपाटीलाई बताए ।  ‘मिस नेपाल अमेरिका’ को यो १० औं संस्करण हो  । ‘पूर्व मिस नेपाल’ माल्भिका सुब्बा प्रतिस्पर्धाको मुख्य प्रशिक्षक हुन् ।


 
मिस नेपाल युएसको इतिहास २०११ मा न्यूयोर्क शहरबाट सुरु भएको थियो जसमा सुजिता बस्नेतले पहिलो अमेरिका नेपाल सुन्दरी (मिस नेपाल युएस) को ताज पहिरिएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप