दशैंको अग्रिम टिकट खुलाउने तयारी
यातायात व्यवस्था विभागले दशैंको अग्रिम टिकट खुलाउने तयारी गरेको छ । विभागले अग्रिम टिकट बुकिङ खुलाउने सम्बन्धमा छलफलका लागि यातायात व्यवसायीहरूको प्रतिनिधि संगठन नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका सदस्यहरूलाई बिहीवार विभागमा डोकेको छ ।
दशैंको समयमा काठमाडौं उपत्यका छाडेर गाउँ फर्किनेको संख्या ह्वात्तै बढ्ने भएकाले विभागले हरेक वर्ष अग्रिम टिकट खुलाउने गरेको छ । प्रत्येक वर्ष करीब २० लाखले काठमाडौं छाड्ने गरेकोमा अघिल्लो वर्ष कोभिड संक्रमणको त्रासका कारण टिकट काटेर ५ लाख मात्रै बाहिरिएका थिए । यातायात व्यवसायीले सीट संख्याभन्दा बढी यात्रु लगेकाले उक्त संख्या करीब ८ लाख भएको अनुमान गरिएको थियो ।
कोभिड संक्रमणको त्रास कायमै रहेको भए पनि यस वर्ष दशैंका लागि काठमाडौं छाड्नेहरू गतवर्षको भन्दा दोब्बर हुने अनुमान गरिएको विभागका प्रवक्ता लोकनाथ भुसालले बताए ।
‘अग्रिम टिकट खुलाउनेबारे छलफलका लागि व्यवसायी र ट्राफिक प्रहरी महाशाखालाई बिहीवार विभागमा डाकेका छौं,’ उनले भने, ‘यात्रुको चाप बढ्ने निश्चित देखिएकाले असोज दोस्रो साताभित्र अग्रिम टिकट खुलाउने तयारी छ ।’ विभागले यसअघि सोमवार महासंघका प्रतिनिधि र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईलाई डाकेर भदौ १० गतेदेखि अग्रिम टिकट खुलाउन अनुरोध गरेको थियो । तर महासंघले व्यवसायीसँग छलफल गर्नुपर्ने भन्दै तत्काल अग्रिम टिकट खुलाउन आनाकानी गरेको थियो ।
यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन अङ्ग्रेजी माध्यममा अध्यापन
-
राप्रपाका तीन सांसद इलाम चुनावको प्रचारमा घरदैलो गर्दै
-
‘मुख्यमन्त्री सभाहल’ निर्माण सम्पन्न गर्न १० महिना म्याद थप
-
सङ्घीय संसद्को वेबसाइटमा ह्याकरले लेख्यो– ‘स्टप सपोर्टिङ चाइना’
-
सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्रीमा दाबी पेस गर्ने आज अन्तिम दिन
-
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै