आजको राशिफल : कुन-कुन राशिका शुभ ?
वि.सं.२०७८ साल असोज ०७ गते । बिहीबार । ईश्वी सन् २०२१ सेप्टेम्बर २३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि– द्घितीया, ० घडी २४ पला, बिहान ०६ बजेर ०२ मिनेट उप्रान्त तृतीया । नक्षत्र–रेवती, ०३ घडी १० पला, बिहान ०७ बजेर ०९ मिनेट उप्रान्त अश्विनी । योग–ध्रुव, २३ घडी २६ पला । दिउसो ०३ बजेर ०३ मिनेट उप्रान्त । करण– गर, बिहान ०६ बजेर ०२ मिनेट उप्रान्त वणिज, बेलुकी ०६ बजेर ३८ मिनेट उप्रान्त । आनन्दादिमा–मीत्र योग । चन्द्रराशि–मीन,बिहान ७ बजेर ०९ मिनेट उप्रान्त मेष ।
काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५७ मिनेट । दिनमान ३० घडी १२ पला । तृतीया श्राद्ध ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजनीतिकर्मीका लागी समय उत्तम रहेकोछ । आफन्त तथा परिवारमा साथ रमाईलो गर्दै मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ । पढाइ लेखाइमा तपाईँको नाम अग्र स्थानमा आउनेछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । आफन्त तथा परिवारजन तपाईँसँग टाढा हुनेछन् । काम गर्दा ध्यान नदिए दण्ड तथा जरिवाना हुन सक्छ । प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ । तरपनि व्यापारको लागी बिहानको समय उत्तम रहेकोछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापारबाट मनग्गे आम्दानी हुनेछ । दाजुभाई तथा आफन्तबाट सहयोग प्राप्त हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी आजको समय उत्तम रहेकोछ । शिक्षामा भनेजस्तो प्रगती गर्न सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) काम गर्दा ध्यान दिनुहोला,आलोचना गर्नेहरु सक्रिय हुनेछन् । राजनीति तथा समाजसेवामा समय लगानी गर्दै हुनुहुन्छ भने आलोचना सहनु पर्नेछ । आफ्नो धन सम्पतीमा अरुले आखा लगाउनेछन् । तरपनि बिहानको समय राम्रो रहेकोछ छोटो दुरिको यात्रा गर्न सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समाजमा राम्रा काम गरि नाम कमाउन सकिनेछ । व्यापारमा बृद्धि हुनेछ । शैक्षिक तथा धार्मिक यात्राको लागी समय उत्तम रहेकोछ । कामकै सवालमा विशिष्ट व्यक्तित्वहरुसँग भेट हुनेछ । अध्ययनमा मन जानेछ । बिहानीपख समय मध्ययम रहेकोछ यात्रा गर्दा ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अचल सम्पती तथा रुपैया पैसाको राम्रोसँग व्यावस्थापन गर्नुहोला । आफन्त तथा दिदी बहिनीसँग मनमुटाब बढ्ने योग रहेकोछ । अध्ययनमा सफलता प्राप्त गर्न प्रसस्त समय खर्चनु पर्नेछ । व्यापारमा नाँफा कमाउन प्रशस्त समय खट्नु पर्नेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राज्यबाट लाभ लिन सकिनेछ भने राज्यबाट सम्मानित हुने योग रहेकोछ । सवारी साधन,भौतिक सम्पती र विलाशी सामान प्राप्तीको योग रहेकोछ । प्रणय सम्बन्ध थप सुदृड हुनेछ । नोकरीमा सुगम स्थानमा स्थानान्तर वा बढुवा हुने योग रहेकोछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्रतिस्पर्धा पछाडी परिनेछ । न्यायिक निकायबाट हुने निर्णयहरु तपाईँको पक्षमा फैसला नहुन सक्छ । अध्ययनमा मन जाने छैन । मामा वा आफन्तसँग विवाद हुनेछ । ऋण लाग्ने र सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) खोजी मुलक क्षेत्रमा रुची बढ्ने तथा अध्ययनमा मन जानेछ । माया प्रेममा एकअर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिनेछ । आफन्त तथा सन्तानले सहयोग गर्नेछन् । मन परेको मानिसबाट उपाहार प्राप्तीको बलियो सम्भावना रहेकोछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आमा तथा घरपरिवारमा मानिससँग राय बाझिने छ । पढाइ लेखाइमा मन जानेछैन भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । सवारी साधनको प्रयोग गर्दै हुनुहुन्छ भने ध्यान दिनुहोला । घरजग्गाको काम गर्नेहरुका लागी समय मध्ययम रहेकोछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ । लेखन कला तथा साहित्यमा बाकी रहेका कामहरु थाती रहनेछन् । आट गर्न नसक्दा हातमा आईसकेको काम फुत्कनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) खनिज पदार्थ तथा भौतिक सम्पतीको कारोबार गर्नेहरुका लागी समय उत्तम रहेकोछ । अध्ययनमा मन जानेछ । प्रेममा सम्बन्ध सकारात्मक बाटोमा अगाडी बढ्नेछ । रमाईलो यात्रा गरि मिठो भोजनका साथ रमाउन सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुटी बेचेर मासिक दुई लाख आर्जन
-
पूर्वाञ्चल विश्वविद्यालयले विराटनगरमा बालविकासबारे अन्तर्राष्ट्रिय सम्मेलन गर्दै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति छ ? (सूचीसहित)
-
वायु प्रदूषण बढेको भन्दै वातावरण विभागले दियो यस्तो सुझाव
-
राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा दरखास्त आह्वान
-
नुन्थर घाटमा १ लाख माछाको भुरा छोडियो