शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अनेरास्ववियु (क्रान्तिकारी)गुल्मीको अध्यक्षमा केसी

बुधबार, ०६ असोज २०७८, २१ : २२
बुधबार, ०६ असोज २०७८

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी  युनियन  ( क्रान्तिकारी ) गुल्मी जिल्लाको १८ औं जिल्ला सम्मेलन बुधबार सम्पन्न भएको छ  । सम्मेलनले राजन केसीलाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको छ ।  उपाध्यक्षमा रमेश पाण्डे र वालेन श्रेष्ठ निर्वाचित भएका छन् । सचिवमा किसन पाण्डे , सह–सचिव विनु कार्की  र कोषाध्यक्षमा हुमाकान्त पोखरेल निर्वाचित भएका छन् ।

पदाधिकारीसहित ५१ सदस्यीय जिल्ला कमिटी गठन भएको नवनिर्वाचित अध्यक्ष केसीले जानकारी दिए । सम्मेलनको नेकपा माओवादी केन्द्र प्रदेश कमिटी कार्यालय सचिव तथा पूर्वमन्त्री सुदर्शन बरालले उद्घाटन गरेका थिए  ।
उद्घाटन समारोहलाई सम्वोधन  गर्दै प्रमुख अतिथि बरालले अनेरास्ववियु क्रान्तिकारी अरु संगठन भन्दा फरक भएको र समग्र विद्यार्थीहरुको हक हितका पक्षमा मियो बन्नुपर्ने कुरामा जोड दिए  ।

कार्यक्रममा  सो पार्टीका गुल्मी जिल्ला संयोजक वीरबहादुर कार्की, संगठन विभाग प्रमुख बुद्धि जिसी, प्रदेश कमिटी सदस्यहरु युवराज केसी, भुपाल पोखरेल, अनेमसंघ क्रान्तिकारीकी जिल्ला संयोजक विनिता पोखरेल, अनेरास्ववियु  (क्रान्तिकारी) का केन्द्रीय सदस्य घनश्याम खरेल, प्रेस संगठनका जिल्ला संयोजक त्रिलोचन पाण्डे लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप