बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : पिसाब जाँच्दै सरकार, को बन्ला एकीकृत समाजवादीको महासचिव ? (भिडियोसहित)

बुधबार, ०६ असोज २०७८, २१ : १६
बुधबार, ०६ असोज २०७८

आज २०७८ असोज ६ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
 

भक्तमान श्रेष्ठ अपहरणमा संलग्न फरार अभियुक्त पक्राउ

बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरका तत्कालीन निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न थप एकजना पक्राउ परेका छन् । अपहरणमा संलग्न भई पुनरावेदन अदालतबाट ९ वर्षको कैद सजाय सुनाइएका राजेन्द्र पण्डितलाई सीआईबी टोलीले मंगलबार पक्राउ गरेको हो । 

गठबन्धन बैठकमा भएन सहमति

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार साँझ बसेको गठबन्धनले राजनीतिक दलसम्बन्धी अध्यादेश र मन्त्रिपरिषद विस्तारबारे कुनै सहमति जुटाउन नसकेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए । ​यो पनि

 

 

​काँग्रेस अधिवेशनको तालिका परिवर्तन

नेपाली काँग्रेसले विभिन्न तहका अधिवेशन तालिका परिवर्तन गर्ने भएको छ । बुधबार बसेको काँग्रेस पदाधिकारी बैठकमा प्रदेश, जिल्ला र संघीय अधिवेशन सार्न सहमति जुटेको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । पौडेलका अनुसार असोज नौ गतेबाट सुरु हुने भनिएको पालिका अधिवेशन दसैँअघि सक्ने र बाँकी अधिवेशन दसैँपछि गर्ने सहमति भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप