अमेरिकाले विश्वलाई ५ करोड थप कोभिड खोप अनुदान दिने
संयुक्त राज्य अमेरिकाले विश्वभरका निम्न र निम्न मध्यम आय भएका देशहरूलाई अनुदान दिन थप ५०० मिलियन पिफिजर कोभिड–१९ खोप खरिद गर्ने घोषणा गर्ने तयारी गरेको बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीले बुधबार जानकारी दिएका छन् ।
यो नयाँ प्रतिबद्धतासँगै अमेरिकाले कूल एक अर्ब १० करोडभन्दा बढी खोपहरू संसारलाई अनुदान दिने चाहना देखिएको छ । वरिष्ठ प्रशासकीय अधिकारीले कोभिड–१९ अन्त्य गर्न आयोजित विश्वव्यापी शिखर सम्मेलनको पूर्व सन्ध्यामा बोल्दै भने, “बिहीबार राष्ट्रपति बाइडेनले अमेरिकाले विश्वभरका निम्न र निम्न मध्यम आय भएका देशहरूलाई अनुदान दिन थप ५० करोड फाइजर कोभिड–१९ खोपहरू किनिरहेको घोषणा गर्नुहुनेछ ।”
ती अधिकारीले ती खोप निशुल्क अनुदान दिइने दावी गरे । अनुदान दिन लागिएका खोपमध्ये यी आधा अर्ब खोपहरू संयुक्त राज्य अमेरिकामा अमेरिकी कम्पनी र कामदारद्वारा उत्पादन हुनेछन् । अमेरिकाले अनुदानमा दिइने खोपलाई आगामी जनवरीदेखि ढुवानी गर्न सुरु गर्नेछ । “जनवरीदेखि अर्को वर्षको सेप्टेम्बरसम्ममा अमेरिकाले ८० करोड खोपहरू विश्वभर पठाउनेछ,” उनले थपे ।
अमेरिकाले अहिलेसम्म विश्वलाई ६० करोड भन्दा बढी काभिड–१९ विरूद्धको खोपको मात्रा अनुदान दिने प्रतिबद्धता जनाइसकेको उनले बताए । अहिलेसम्म संयुक्त राज्य अमेरिकाले अहिलेसम्म नेपाल, पेरू, पाकिस्तान, श्रीलङ्का, सुडान र एल साल्भाडोरदेखि इथियोपियासम्मका विश्वभरका १०० देशहरूमा यी मात्रा झन्डै १६ करोड मात्रा ढुवानी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)
-
सुशासन समितिको बैठक बस्दै, फास्ट ट्र्याकका बारेमा छलफल हुने
-
सुदूरपश्चिम सरकारलाई आफ्नो समर्थन नरहेको नाउपा सांसद थापाको घोषणा
-
युरोपा लिग : लिभरपुलमाथि ३–१ गोल अन्तरको जित निकाल्दै एटलान्टा सेमिफाइनलमा
-
आईपीएलमा मुम्बईको तेस्रो जित, पन्जाब ९ रनले पराजित
-
ड्यालसमा नवाह महायज्ञ सम्पन्न, मन्दिर निर्माणको लागि ३३ लाख डलर सहयोगको प्रतिबद्धता