शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

धानको न्यूनतम मूल्य निर्धारण

बुधबार, ०६ असोज २०७८, १९ : २४
बुधबार, ०६ असोज २०७८

कृषि तथा पशुपन्छी मन्त्रालयले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । भदौ २९ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार आर्थिक वर्ष २०७८÷७९ का लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रति क्वीन्टल २ हजार ७५२ रुपैयाँ तोकिएको हो ।

त्यस्तै, मध्यम धानको न्यूनतम समर्थन मूल्य २ हजार ९०२ रुपैयाँ तोकिएको प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए । यो मूल्य गत आर्थिक वर्षको तुलनामा दुवै किसिमको धानमा १७ रुपैयाँ प्रति क्वीन्टल बढी रहेको सञ्जेलको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप