शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अशोक लेलैण्ड दसैँ तिहारको बहार, स्योर सटको साथमा बम्पर उपहार

बुधबार, ०६ असोज २०७८, १८ : ५७
बुधबार, ०६ असोज २०७८

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सले नेपालीहरुको महान चाड दसैँ तिहारलाई लक्षित गरी ‘दशैँ तिहारको बहार पक्का उपहार’ साथै बम्पर उपहार योजना ल्याएको छ । जस अन्तर्गत कुनै पनि अशोक लेलैण्डको गाडी खरिदमा ग्राहकले छानी छानी उपहार पाउने छन् ।

ग्राहकको मागअनुसार योजनालाई बजारमा ल्याएको आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताए । यस योजना अनुसार ग्राहकले अशोक लेलैण्डको दोस्त, बस साथै ट्रक टिप्परको कुनै पनि मोडलको गाडी खरिद गर्दा आफ्नो इच्छा अनुसार उपहार छानी छानीलान सक्ने कम्पनीले जनाएको छ ।

अफर अन्तर्गत अशोक लेलैण्डको दोस्त गाडीको खरिदमा १५ ग्राम सुन अथवा स्मार्ट फोन, साथमा थप क्यास डिस्काउन्ट अथवा स्मार्ट टीभी साथै क्यास डिस्काउन्ट पाउन सक्ने कम्पनीले जनाएको छ । आईसीभी हलेज एमसीभी टिपर वा बसको खरिदमा ३० ग्राम सुन अथवा आईफोन १२ प्रो म्याक्स अथवा टीभीएस टर्क स्कुटर पाउन सक्ने पनि कम्पनीले जनाएको छ ।

आईसीभी हलेज एमसीभी टिपर वा बस दुवैको एकसाथ खरिदमा ६० ग्राम सुन अर्थात एप्पल म्याक बुक प्रो साथमा आईफोन १२ प्रो म्याक्स प्राप्त गर्न सकिने छ । ग्राहकले रोयल इन्फिल्ड ३५० सीसी बुलेट बाइक पनि पाउन सक्नेछन् ।

एचसीभी साथै आईसीभी टिप्परको एक वटा गाडी खरिदमा ३० ग्राम सुन वा आईफोन १२ प्रो म्याक्स अथवा टीभीएस एनटर्क स्कुटर पाउन सकिने कम्पनीले जनाएको छ । यो योजना मंसिर ३० गतेसम्म लागु हुने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप