शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माछापुच्छ्रे बैंकले गर्यो सेयरधनीहरुलाई १४ प्रतिशत लाभांश दिने प्रस्ताव

बुधबार, ०६ असोज २०७८, १८ : ३८
बुधबार, ०६ असोज २०७८

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको संचालक समितिले गत आर्थिक बर्ष (२०७७/७८) को खुद मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको १४ प्रतिशत अर्थात १ अर्ब २६ करोड ७४ लाख ३२ हजार ६ सय ३२ रुपैयाँ वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ । 

उक्त लाभांश अन्तर्गत बैंकले १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामि बार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गर्ने निर्णय गरेको हो । 

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेर प्रति शेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पुँजी ९ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब २ करोड रुपैयाँ संचित रहेको बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप