यो वर्ष नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशतसम्म : एडीबी

एसियाली विकास बैङ्क (एडीबी) ले चालु आर्थिक वर्ष २०७८/७९ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिसम्म हुने प्रक्षेपण गरेको छ । नेपाल सरकारले भने ७ प्रतिशत वृद्धिदर लक्ष्य राखेको छ ।
एडीबीले बुधबार आर्थिक नेपालको आर्थिक वृद्धिदरबारे ताजा प्रक्षेपण गरेको हो । यो वर्ष नेपालको अर्थतन्त्र सरकारले लक्ष्य राखेभन्दा २.९ प्रतिशत कम वृद्धि हुने एडीबीको अनुमान छ । मुद्रास्फीति ५.१ प्रतिशतले बढ्ने पनि बैङ्कले प्रक्षेपण गरेको छ ।
कोरोना विरुद्धको खोप अभियानले विकासको गति बढाउन सहयोग पु–याएकाले आर्थिक गतिविधिमा महत्त्वपूर्ण साबित हुनसक्ने बैङ्कका नेपाल निर्देशक अर्नौढ काचोइसले बताएका छन् । साथै, यो वर्ष धेरै पानी परेकाले कृषि उपज उत्पादन बढ्ने देखिएको, सरकारको नीति स्वास्थ्य सुरक्षामा केन्द्रित देखिएकाले आर्थिक गतिविधिमा सघाउ पुग्ने र महामारीबाट प्रभावित क्षेत्रको पुनरुत्थान तथा प्राथमिकताप्राप्त क्षेत्रमा लगानी बढाउने घोषणा भएकाले पनि नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने कोचाइसको भनाइ छ ।
यो आर्थिक वर्षमा पर्यटक आगमन बढ्ने देखिएको र होटल तथा रेस्टुराँ सञ्चालनमा आउन थालेकाले सेवा क्षेत्रबाट पनि आर्थिक वृद्धिमा सघाउन पुग्ने एडीबीले अनुमान गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?