शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१२ वर्षीय बालिका बलात्कार गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ

बुधबार, ०६ असोज २०७८, १७ : २८
बुधबार, ०६ असोज २०७८

धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय वृद्ध पक्राउ परेका छन् । प्रहरीले धनुषाधाम नगरपालिका–५ (पर्वता)का पल्टु मण्डललाई पक्राउ गरेको हो । मण्डलले बालिकालाई एक हजार रुपैयाँ दिन्छु भन्दै फकाएर घाँस काट्न गएको समयमा बलात्कार गरेको ईलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ ।  सोमबार राती पक्राउ परेका मण्डलमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

उनीमाथि जबर्जस्ती करणी अन्तर्गत मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय धनुषाधामका इन्चार्ज सुरेश ठाकुरले जानकारी दिए । पीडित बालिकालाई प्रादेशिक अस्पताल ल्याइए पनि स्वास्थ्य परिक्षण हुन नसकेको उनको परिवारले जानकारी दिएको छ । । धनुषाधाम ५ का वडाअध्यक्ष इन्दल महतोले घटनासँग जोडिएकाहरुमाथि कानूनी कारवाही हुनुपर्ने माग गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप