लुम्बिनी प्रदेशसभा बैठक फेरि स्थगित
नेकपा एमालेको अवरोधका कारण पटकपटक स्थगित हुँदै आएको लुम्बिनी प्रदेशसभा बैठक बिहीबार पनि नबस्ने भएको छ । प्रदेशसभाले बुधबार सूचना टाँसेर बिहीबारको बैठक स्थगित भएको जानकारी दिएको हो ।
असोज ७ गते बिहीबार दिउँसो १ बजेका लागि तय भएको प्रदेशसभा बैठक असोज १३ गते बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनद्वारा जारी सूचनामा उल्लेख छ । प्रदेशसभा सचिवालयले बैठक सार्नुको कारण खुलाएको छैन । तर एमालेले सदन चल्न नदिने अडान लिएपछि नै बैठक स्थगित गरिएको स्रोत बताउँछ ।
यसअघि भदौ ३१ गते बसेको प्रदेशसभा बैठक एमालेको अवरोधपछि असोज ७ गतेसम्मका लागि स्थगित गरिएको थियो । नेकपा एमालेले कारबाही गरेका प्रदेशसभा सदस्य अजय शाही र विमला कुमारी खत्री वलीलाई सभामुखले पदमुक्त नगरेको भन्दै प्रदेशसभाको नवौं अधिवेशनको पहिलो बैठकदेखि नै अवरोध गर्दै आएको छ ।
एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले एमालेले कारबाही गरेका दुई जना प्रदेशसभा सदस्यलाई पदमुक्त नगरेसम्म सदन चल्न नदिने एमालेको अडान कायम रहेको रातोपाटीलाई बताए । ‘हाम्रो सांसदको विषयमा या त अदालतले निर्णय दिन्छ या सभामुखले हटाएको सूचना जारी गर्नुपर्छ, त्यो नभएसम्म हामीले सदन चल्न नदिने अडान कायम छ,’ उनले भने ।
सभामुख पूर्णबहादुर घर्तीले दुई जना प्रदेशसभा सदस्यको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र अदालतमा विचाराधीन मुद्दामा सदन अवरुद्ध गर्नु संविधान विपरीत भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु
-
फेरिरहन्छन् निर्यात हुने वस्तु, कारण के ?
-
वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी
-
अर्थतन्त्रका सूचक सुधारोन्मुख बन्दै गएको छ : मन्त्री पौडेल