नवनियुक्त परराष्ट्रमन्त्री खड्काद्वारा पदभार ग्रहण
बुधबार, ०६ असोज २०७८, ०५ : ००
नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले पदभार ग्रहण गरेका छन् । शपथग्रहण कार्यक्रम लगत्तै उनी मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । यसअघि राष्ट्रपति भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री खड्कालाई पद तथा गोपनियताको सपथ खुवाएकी थिइन् । शीतलनिवासमा आयोजित शपथग्रहण कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहित सभामुख अग्निप्रसाद सापकोटा तथा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सनाको उपस्थिति रहेको थियो ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा खड्कालाई मन्त्रीमा नियुक्त गरेकी हुन् । खड्का राति ८ः३० बजे संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क प्रस्थान गर्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
-
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : मन्त्री गुरुङ
-
सोकेस आयोजना ३५ मा सीमित हुनसक्ने, आयोजनाको संख्या बढाउन दबाब