ललिता निवास प्रकरणमा विजय गच्छदारले भने–अख्तियारले राजनीतिक प्रतिशोध लिन मुद्दा चलायो
नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटारको ललिता निवास प्रकरणमा आफूले कुनै पनि भ्रष्टाचारजन्य काम नगरेको भन्दै सत्यतथ्य बाहिर ल्याइदिन सञ्चारमाध्यमलाई आग्रह गरेका छन् । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सरकारको गुरुयोजना कार्यान्वयन गर्न प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारमा विभागीय मन्त्रीको हैसियतले आफूले टिप्पणी मात्र अघि बढाएको र उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट सर्वसम्मत निर्णय भएको बताए ।
‘सरकारको गुरुयोजना कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन अनुसार उक्त फायल अघि बढेको हो र आफूले टिप्पणी मात्र पेस गरेको हो, त्यो प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो’, पत्रकार सम्मेलनमा गच्छदारले भने, ‘व्यक्तिगत रूपमा लाभ लिने वा सरकारलाई हानी पुर्याउने उद्देश्य मेरो नभएकोले सरकारको गुरुयोजना पेस गर्नु भ्रष्टाचार हुनै सक्दैन ।’

उनले ललिता निवास प्रकरणमा आफूमाथि राजनीतिक प्रतिशोध साँधेर अख्तियार दुरुपयोग अनुसन्धानले विशेष अदालतमा मुद्दा दायर गरेको भन्दै त्यसक्रममा मुद्दा चलाउँदा निष्पक्ष नभएको समेत बताए । ‘छानीछानी मुद्दा चलाइएको छ । काखा र पाखा गरिएको छ । राजनीतिक पूर्वाग्रहका आधारमा मेरो राजनीतिक चरित्र समाप्त गर्ने षड्यन्त्र भएको छ’, गच्छदारले आफू लोकतन्त्रप्रति विश्वास राख्ने भन्दै स्वतन्त्र र निष्पक्ष न्याय पाउनेमा आफू आशावादी रहेको पनि बताए ।
अख्तियारले २०७६ माघ २२ मा गच्छदारसहितलाई विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनले कुत्सित भावना र राजनीतिक जीवन समाप्त पार्ने उद्देश्यले आफूमाथि मुद्दा दायर गरिएको भन्दै आफूविरुद्ध लगाएका आरोपहरू षड्यन्त्र हुन् भन्ने पुष्टि हुँदै जाने बताए । पत्रकार सम्मेलनमा आफुविरुद्ध दायर मुद्दाको फाइलहरू अध्ययनपछि बद्नियतबारे यथार्थ थाहा हुने भन्दै पत्रकारहरूलाई आग्रह गरे ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण