शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

बुधबार, ०६ असोज २०७८, १३ : ३९
बुधबार, ०६ असोज २०७८

रौतहटमा मोटरसाइकल दुर्घटनामा परेर एक जना युवकको मृत्यु भएको छ । देवाही गोनाही–६ घर भएका २५ वर्षीय पप्पु पटेलले चलाएको ना ४२ प ७१४२ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । 

मौलापुर विद्युत् प्राधिकरणमा करारमा रहेका पटेल कटहरियाबाट घर जाने क्रममा गएराती ९.३० मा बलुवा गाउँ नजिकै दुर्घटनामा परेका थिए । अचेत अवस्थामा रहेका पटेललाई उपचारको लागि प्रहरीले कटहरिया स्थित एउटा क्लिनिकमा लैजाँदा डाक्टरले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय कटहरियाका सई वीरेन्द्र यादवले बताएका छन् । मृतकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाइएको तथा दुर्घटनाको कारण हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप