शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

औंलाले यसरी गरिएको सहज परीक्षणबाट थाहा हुन्छ फोक्साको क्यान्सर

बुधबार, ०६ असोज २०७८, १२ : १३
बुधबार, ०६ असोज २०७८

हातका औंलाबाट गरिने एक सहज परीक्षणले फोक्सोको क्यान्सरको सुरुवाती लक्षणबारे पहिचान गर्न सकिन्छ । यो दाबी ‘क्यान्सर रिसर्च यूके’ नामको एक संस्थाले गरेको छ । यो परीक्षण जोसुकैले घर बसेर नै गर्न सक्छन् ।

क्यान्सर रिसर्च यूके अनुसार ‘फिंगर क्लबिङ’ परीक्षणमा औंला र नङ सुन्निएको  छ वा असाध्यै धेरै नरम छ भने त्यो खतराको संकेत हुनसक्छ । ‘फिंगर क्लबिङ’ मा औंलाका आकारमा समेत परिवर्तन देखिन्छन् । कुनै रोगको लक्षण देखिँदा यस्तो हुने गर्छ ।

फिंगर क्लबिङ भएको खण्डमा मुटु र फोक्सोमा समस्या छ भनेर बुझ्नुपर्छ । रगतमा अक्सिजनको मात्रा अत्यधिक कम छ भने पनि क्लबिङ हुनसक्छ । यसले तपाईंको स्वास्थ्यबारे धेरै कुरा बताउन सक्छ । यसमार्फत् मुटुरोगसँग सम्बन्धित जस्तै क्यान्सर र मेसोथेलियोमाबारे पनि पत्ता लगाउन सकिन्छ । रिपोर्टका अनुसार नन–स्मल सेल लङ्ग क्यान्सर भएका करिब ३५ प्रतिशत मानिसहरुले यसको अनुभव गरेका छन् ।

संस्थाले थाइरोयड वा अल्सरेटिव कोलाइटिसबाट पीडित मानिसहरुमा पनि यो पाउन सकिने बताएको छ । रिपोर्टमा यसलाई कसरी गर्ने भनेर तरिकाबारे पनि जानकारी दिइएको छ ।

कसरी गर्ने परीक्षणः

यसलाई विन्डो टेस्ट नाम दिइएको छ । यसका लागि आफ्नो बुढी वा चोरी औंलालाई अगाडि नङ भए पट्टीबाट एक आपसमा जोड्नुहोस् र त्यहाँ सानो ‘डाइमन्ड’ को आकृति देखिन्छ कि देखिँदैन हेर्नुहोस् । यदि तपाईंले यस्तो आकृति देख्नुभएको छैन भने केही गम्भीर छ भनेर सोच्नुहोस् ।

रिपोर्टका अनुसार फिंगर क्लबिङ विकास हुन केही वर्ष पनि लाग्न सक्छ । यद्यपि, यो फोक्सोको क्यान्सरको समस्यामा चाँडै देखिने गर्छ । आफ्नो आधिकारिक वेबसाइटको एउटा पोस्टमा क्यान्सर रिसर्च यूकेले भन्यो, ‘फिंगर क्लबिङ असामान्य छ । यदि तपाईंमा यस्तो समस्या देखिएको छ भने डाक्टरसँग सल्लाह गर्न ढिला नगर्नुहोस् ।’

यसका लागि डाक्टरले तपाईंको फोक्सो वा मुटु परीक्षण गर्नका लागि छातीको एक्स–रे गर्न सल्लाह दिन सक्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप