शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चितवनमा गाडीको ठक्करबाट चितुवा मर्‍यो

बुधबार, ०६ असोज २०७८, १२ : ०३
बुधबार, ०६ असोज २०७८

इच्छाकामना गाउँपालिका–४ लेवाटारमा गाडीको ठक्करबाट एक पोथी चितुवा मरेको छ । मङ्गलबार दिउँसो अन्दाजी ३ बजे गाडीको ठक्करबाट करिब दुई महिनाको सो चितुवा मरेको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए । आफुहरुलाई प्रहरीले खबर गरेसँगै मृत चितुवालाई डिभिजन वन कार्यालयमा ल्याई व्यवस्थापन गरिएको बताए ।

माउसँग बाटो काट्ने क्रममा गाडीले ठक्कर दिएको हुनसक्ने उनले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप