अवरुद्ध मुग्लिन–नौविसे सडक ११ घण्टापछि सञ्चालन
बुधबार, ०६ असोज २०७८, ११ : ५४
पहिरोका कारण अवरुद्ध मुग्लिन –नौविसे सडक सञ्चालनमा आएको छ । यस सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोला नजिकै खसेको पहिरोका कारण गएराति ११ बजेदेखि दुईतर्फी अवरुद्ध बनेको सडक ११ घण्टापछि सञ्चालनमा आएको हो ।
सडक डिभिजन कार्यालयको दुई वटा लोडरले पहिरो पन्छाइ बिहान १० बजेदेखि सडक सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो पन्छाएसँगै सवारीसाधन गन्तव्य तर्फ लागेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्तरी वर्षपछि सुनकोशी र रोशीमा भयानक बाढी
-
बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित
-
सप्तकोसीको जलसतह खतरा तहभन्दा माथि, अन्य नदीको अवस्था के छ ?
-
अझै अवरुद्ध छन् यी मुख्य राजमार्ग (सूचीसहित)
-
अध्यक्ष प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक स्थगित
-
बाढी पहिराेबाट मृत्यु हुनेको संख्या १०२ पुग्यो, यस्तो छ क्षतिको अपडेट