आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

अवरुद्ध मुग्लिन–नौविसे सडक  ११ घण्टापछि सञ्चालन

बुधबार, ०६ असोज २०७८, ११ : ५४
बुधबार, ०६ असोज २०७८

पहिरोका ​कारण अवरुद्ध मुग्लिन –नौविसे सडक सञ्चालनमा आएको छ । यस सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोला नजिकै खसेको पहिरोका कारण गएराति ११ बजेदेखि  दुईतर्फी अवरुद्ध बनेको सडक ११ घण्टापछि सञ्चालनमा आएको हो ।

सडक डिभिजन कार्यालयको दुई वटा लोडरले पहिरो पन्छाइ बिहान १० बजेदेखि सडक सञ्चालन गरिएको  इलाका  प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो पन्छाएसँगै सवारीसाधन  गन्तव्य तर्फ लागेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप