हप्ता दिनमै विकास बैंकहरुको कर्जा लगानी दोब्बरले बढ्यो

पछिल्लो साता विकास बैंकहरुमा कर्जा मागको दर ह्वात्तै बढेको छ । अघिल्लो साताको तुलनामा यससाता बैंकहरुको कर्जा लगानी करिब दोब्बर बढीले वृद्धि भएको हो । डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपालले बुधबार सार्वजनिक गरेको रिपोर्टअनुसार गत भदौ २६ गतेदेखि असोज १ गतेसम्ममा राष्ट्रिय स्तरका विकास बैंकहरुको कर्जा लगानी ५ अर्ब ३९ करोडले बढेर तीन खर्ब ७४ अर्ब १९ करोड पुगेको हो ।
जबकि गत हप्ता बैंकहरुले जम्मा २ अर्ब ८९ करोड मात्र कर्जा लगानी गरेका थिए । एसोसिएसनका अनुसार यस्तो कर्जा लगानी बैंकहरुले गत हप्तासम्म कुल तीन खर्ब ६८ अर्ब ८० करोड गरेका थिए । यस्तै, यता निक्षेप संकलनको दर समेत गत हप्ताको तुलनामा यस हप्ता ०.५९ प्रतिशतले वृद्धि भएर ४ खर्ब १९ अर्ब ८४ करोड पुगेको एसोसिएसनले जनाएको छ ।
गत हप्तासम्म कुल ४ खर्ब १७ अर्ब ३८ करोड निक्षेप संकलन गरेका बैंकहरुले यस हप्ता दुई अर्ब ४८ करोडले निक्षेप वृद्धि गर्दै ४ खर्ब १९ अर्ब ८४ करोड पुर्याएका हुन् । यस्तै, अन्य क्षेत्रीय विकास बैंकहरुले समेत समीक्षा अवधिमा सामान्य रुपमा निक्षेप तथा कर्जा लगानी वृद्धि गरेको एसोसिएसनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेखक पशुपति घिमिरेका दुई पुस्तक ‘वाण्डरिङ वर्डस’ र ‘थ्री डाइमेन्सन्स अफ बुद्धिजम’ सार्वजनिक
-
राजेश हमालद्वारा १८ डी सिनेमा उद्घाटन
-
माओवादी अभियान : गैँडाकोटमा प्रचण्डको मर्निङ वाक, लखन थापाको सालिकमा माल्यार्पण
-
वैशाख १५ सम्म नारायणघाट–बुटवल सडकखण्ड रातको समयमा बन्द
-
नयाँ वर्षको अवसरमा ७ चलचित्र निर्माणको घोषणा, तीनको प्रदर्शन मिति तय
-
१२ वर्षमा जम्मा ३० किसिमका बिरुवाको बीमालेख