विजय गच्छदारले आफ्नो धारणा सार्वजनिक गर्दै
![विजय गच्छदारले आफ्नो धारणा सार्वजनिक गर्दै](https://rpcdn.ratopati.com/media/albums/bijaya_gacchadar_s0g5fYE3b8.jpg)
नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले पार्टीको १४ औं महाधिवेशनमा आफ्नो रणनीतिबारे धारणा सार्वजनिक गर्दैछन् । बुधबार दिउँसो १ बजे तीनकुनेमा पत्रकार सम्मेलन गरेर गच्छदारले आफ्नो धारणा सार्वजनिक गर्न लागेको नेता योगेन्द्र चौधरीले रातोपाटीलाई जानकारी दिए ।
‘मलाई गुमनाम भयो भन्ने छ । आज मैले मेरो धारणा सार्वजनिक गर्दैछु भन्नुभएको छ । उहाँले आफ्नो आगामी रणनीति सार्वजनिक गर्दै हुनुहुन्छ,’ उनी निकट नेता चौधरीले भने ।
०७४ को आम चुनावअघि फोरम लोकतान्त्रिक पार्टी काँग्रेसमा समाहित गराएका गच्छदार पछिल्लो समय गुमनाम जस्तै थिए । बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि गच्छदार सार्वजनिक कार्यक्रममा पनि खासै देखिने गरेका थिएनन् । पार्टीको बैठकमा सहभागी भएपनि उनको संसद पद निलम्बन छ ।
उक्त मुद्दामा असार ३० गते गच्छदार १० लाख धरौटीमा रिहा भएका थिए । १४ औं महाधिवेशनमा गच्छदार उपसभापतिमा उम्मेदवारी दिने तयारीमा रहेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ –बैंकक ‘रोड कनेक्टिभिटी’ अध्ययन गर्न टिवानको टोली थाइल्यान्ड प्रस्थान
-
दिल्ली विमानस्थलमा मृत्यु हुनेको परिवारलाई २० लाख भारु क्षतिपूर्ति
-
संसदमा केसीको कविता, सरकारप्रति व्यङ्ग्य
-
विदेशमा रहेकाहरुको मताधिकार सुनिश्चितताका लागि आयोग गम्भीर छ : प्रमुख निर्वाचन आयुक्त
-
अझै पनि शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन सकेका छैनौँ: सभामुख घिमिरे
-
राष्ट्रपति चुनाव अघिको पहिलो बहसमा बाइडेन र ट्रम्पले जमेर गरे एक अर्कालाई गाली