अकस तनावबीच अमेरिकाको विदेशमन्त्रीसँगको बैठक रद्द
संयुक्त राष्ट्र महासभाका बेला फ्रान्ससमेत युरोपेली देश र अमेरिकाबीच हुन लागेको बैठक हाल रद्द गरिएको छ । अमेरिकी अधिकारीले समय तालिकामा देखिएका केही मुद्दाका कारण यो बहुपक्षीय छलफल रद्द गरिएको बताएका छन् । समाचार एजेन्सी रोयटर्सको खबर अनुसार यो बैठक ती तीन भेटघाटमध्ये एक थियो जो अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकन र फ्रान्सका विदेशमन्त्री जीन–यवेसले ड्रियनलाई अन्य देशसँग एउटै मञ्चमा सहभागी गराउनका लागि महत्वपूर्ण मानिँदै थियो ।
पछिल्लो हप्तादेखि अमेरिका र फ्रान्सबीचको सम्बन्ध तनावपूर्ण रहँदै आएको छ । अष्ट्रेलिया, अमेरिका र बेलायतबीच भएको सुरक्षा सम्झौता अकसको विषयमा फ्रान्सले रोष व्यक्त गरेको छ । यसै सम्झौताका कारण अष्ट्रेलियाले फ्रान्ससँग गर्दै आएको परम्परागत पनडुब्बीको सम्झौता रद्द गरेको छ । यसै कारण पनि फ्रान्सले असन्तृष्टि जताएको छ । तसर्थ फ्रान्सले आफ्ना कूटनीतिज्ञलाई समेत फिर्ता बोलाएको छ ।
फ्रान्सले अमेरिकामाथि पनि प्रश्न उठाएको छ । फ्रान्सका विदेशमन्त्री ले ड्रियनले अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनमाथि आरोप लगाउँदै उनको प्रशासनले उनको पूर्ववर्ती राष्ट्रपति डोनल्ड ट्रम्पजस्तै ‘एकतर्फी, अप्रत्याशित, क्रुर र आफ्नो साथीको सम्मान नगर्ने’ व्यवहार नै दोहोराइरहेको बताएका छन् । फ्रान्सले शुक्रबार अमेरिका र अष्ट्रेलियाका आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ । गोप्य तरिकाले भएको यो सुरक्षा सम्झौतामाथि फ्रान्ससँगै जर्मनीले पनि अमेरिकामाथि कटाक्ष गरेको छ ।
विदेश विभागका वरिष्ठ अधिकारीले पत्रकारसँग बुधबार भएको एक छलफलमा अमेरिका, फ्रान्स, जर्मनी र बेलायतबीच हुनुपर्ने बैठक रद्द भइसकेको जानकारी दिए ।
यद्यपि, यो छलफल अकस सम्झौताका कारण रद्द भयो वा यसमा अन्य कुनै कारण छ, त्यसबारे स्पष्ट हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा